राष्ट्रघाती एमसीसीविरुद्ध असोज ४ गते माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने

काठमाडौं : बैद्य निकट जिल्ला जनगणतान्त्रिक सम्पर्क मञ्चले राष्ट्रघाती एमसीसीविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने भएको छ ।

जिल्ला जनगणतान्त्रिक सम्पर्क मञ्च, केन्द्रीय समितिको बैठक मञ्चका केन्द्रीय संयोजक विष्णु खड्काको अध्यक्षतामा सम्पन्न भएको छ । सो बैठकमा मञ्चको आगामी नीति कार्यक्रमको विषयमा छलफल हुनुका साथै कोरोना भाइरसका कारण सरकारले जारी गरेको लकडाउन र निषेधाज्ञाले गरिब, किसान र मजदुरमाथि परेको आम समस्याको विषयमा पनि छलफल भएको थियो ।

त्यस्तै लकडाउनले आक्रान्त बनेका जनतालाई राहत दिनुको सट्टा सत्ताधारी नेकपाले अमेरिकी साम्राज्यवादको ग्राण्ड डिजाइनमा राष्ट्रघाती एमसीसी पास गर्ने निर्णय गर्नु राष्ट्र र जनताको लागि दुर्भाग्यपूर्ण रहेको ठहर गर्दै उक्त राष्ट्रघाती एमसीसी सम्झौताको विरुद्ध असोज ४ गते माइतीघर मण्डलामा विशाल विरोध प्रदर्शन गर्ने निर्णय गरेको मञ्चले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :