सिन्धुपाल्चोकमा पहिरोले १८ घर पुरिए, १२ जना बेपत्ता


काठमाडौँ : लगातार परेको बर्षाका कारण सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरोले १८ वटा घर पुरिँदा १२ जना बेपत्ता भएका छन् । गएराति परेको पानीका कारण ठाडो खोलाले वस्तीमा क्षति पुर्याएको हो ।

नगरपालिकाका मेयर निमफुन्जो शेर्पाकका अनुसार बाह्रबिसे वडा नम्बर ७ घुम्थाङको नागपुजेमा भीरखर्कबाट खसेको पहिरोले ९ घर पूर्ण रुपमा क्षति हुँदा कम्तिमा १२ जना बेपत्ता भएका छन् ।

भीरखर्कमा पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानीयबासीको भनाई छ । अहिलेसम्म पनि ठूलो पानी परिरहेकाले उद्धारमा कठिनाई भएको मेयर शेर्पाले जानकारी दिए ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रका अनुसार सिन्धुपाल्चोकका गुमथाङ, बाह्रविसे र आसपासका क्षेत्रमा ६ घन्टायता ठूलो बर्षा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :