नेपालमा आज १,४५४ जना कोरोना सङ्क्रमित थपिए, मृतकको सङ्ख्या ३२२ पुग्यो

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १,४५४ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा ६९६ जना नयाँ सङ्क्रमित थपिएका हुन् । काठमाडौँ जिल्लाका ६२०, ललितपुरका ३८ र भक्तपुरका ३८ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १० हजार ७०१ नमुना परीक्षण गर्दा ४६३ महिला र ९९१ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ५१ हजार ९१९ पुगेको छ । यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप ५ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ३२२ पुगेको छ । पछिल्लो २४ घन्टामा ९७२ जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या भने ३६ हजार ६७२ पुगेको छ ।

मन्त्रालयका अनुसार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ९२५ रहेको छ । त्यसमा २५ जनाको भेन्टिलेटर र १७० जनाको आईसीयूमा उपचार भइरहेको छ । ६ हजार ६३४ जना भने होम आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :