सल्यानमा अखिल (क्रान्तिकारी)को समुदाय शिक्षा कार्यक्रम

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका भ्रतृ संगठन अखिल (क्रान्तिकारी) ले सल्यानमा समुदाय शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । कोरोना भाइरसको त्रासका बीच सञ्चालित अनलाइन शिक्षा सीमित मान्छेको पहुँचभन्दा बाहिर जान नसकेकाले लाखौँ विद्यार्थीको भविष्यलाई ध्यानमा राखेर समुदाय शिक्षा कार्यक्रम सञ्चालन गरिएको क्रान्तिकारीले जनाएको छ ।

शिक्षा सञ्चालन अभियान जिल्लाभर लागू हुँदा सयौँ विद्यार्थी लाभान्वित भइरहेको अखिल (क्रान्तिकारी) सल्यानका अध्यक्ष गणेश क्षेत्री ‘प्रभाकर’ ले बताए छ । उनले आजको विकल्प सामुदायिक शिक्षा रहेकाले सरकारले टोलटोलमा स्वयम्सेवक परिचालन गर्नु प्रभावकारी विकल्प रहेको धारणा पनि राखे ।

उनले भने, ‘यो महामारीका कारण लाखौँलाख मान्छेको ज्यान लिएको छ । पुँजीवादले यो महामारीलाई समवेदना र सहकार्यको सट्टा व्यापार बनाएको छ । नेपालमा केपी–पीके सरकार कोरोना नियन्त्रणमा असफल भएको छ । एकजुट भएर यस्तो महामारीको सामना गर्नुको सट्टा हाम्रो पार्टीका निर्दाेष नेता–कार्यकर्तालाई गिरफ्तार गरी मानवअधिकारको उल्लङ्घन गरेको छ । सरकारको यसकिसिमको अमानवीय कार्यको प्रतिरोध गर्दै विद्यार्थीले शिक्षाबाट वञ्चित हुनु नपरोस् भनेर यो शिक्षा सञ्चालन गरेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :