डोटीमा जिप दुर्घटना, १२ घाइते, दुईजना गम्भीर

काठमाडौँ : पूर्वीचौकी गापा १ शान्तिनगरमा शुक्रबार बिहान जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ । मल्लेक ६ सोडसाका ४८ वर्षीय दानसिंह टमटा र नुवाघरका ३४ वर्षीया कमला खड्काको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार अछामको मल्लेक गाउँपालिकाका सर्वसाधारण श्रमिक चढेको से १ ज १०६६ नम्बरको जिप दुर्घटना भएको हो । घाइतेको ढाड र टाउकोमा गम्भीर चोट लागेकाले थप उपचारका लागि कैलाली पठाउने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल डोटीमा पठाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :