नेपालमा आज १,८१८ कोरोना संक्रमित निको भए, १,२४६ जना थपिए, मृतकको सङ्ख्या ३१७ पुग्यो

काठमाडौं : नेपालमा पछिल्लो २४ घन्टामा थप १,२४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  त्यसमा काठमाडौँ उपत्यकामा ५७२ जना नयाँ सङ्क्रमित थपिएका हुन् । काठमाडौँ जिल्लाका ४९५, ललितपुरमा ३४ र भक्तपुरमा ४३ जना नयाँ सङ्क्रमित थपिएका छन् । यो सँगै कोरोना संक्रमितको संख्या हालसम्म ५०,४६५ पुगेको छ ।

पछिल्लो २४ घन्टामा थप १,८१८ जना कोरोना संक्रमणमुक्त भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या ३५,७०० पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप ५ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३१७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :