युवा संगठन नेपाल गंगादेब गाउँ कमिटी रोल्पाको दोस्रो भेला सम्पन्न


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल गंगादेब गाउँ कमिटी रोल्पाको दोस्रो भेला सम्पन्न भएको छ । युवा संगठन नेपाल गंगादेब गाउँ कमिटी सदस्य ललित के. सी. को अध्यक्षतामा २१ सदस्यीय गंगादेब गाउँ कमिटी निर्माण भएको हो । कार्यक्रमलाई युवा संगठन नेपाल गंगादेब गाउँ कमिटी वडा नं ३ का पुर्व अध्यक्ष खिम के. सी. ले संचालन गरेका थिए ।

उक्त भेलाको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी रोल्पा जिल्लाका सेक्रेटरी दिनेश बिक्रम चन्द रहेका थिए भने विशेष अतिथि नेकपा रोल्पाका जनसरकार प्रमुख बिश्व, अतिथिहरु युवा संगठन नेपाल रोल्पाका जिल्ला अध्यक्ष एवम् केन्द्रीय सदस्य प्रज्वल, नेपाल कम्युनिस्ट पार्टी गंगादेब गाउँ कमिटीका इन्चार्ज किरण, नेकपा गंगादेब गाउँ कमिटी सेक्रेटरी एवम् युवा संगठन नेपाल रोल्पाका उपाध्यक्ष बिपिन, नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य रमेश मल्ल, पुर्व जनमुक्ति सेनाका कमान्डर ताइगर, नेकपा रोल्पाका सल्लाहकार मंगल, नेकपा रोल्पा जिल्ला सदस्य तिम, अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य प्रेम, अखिल नेपाल शिक्षक संगठनका रोल्पा जिल्ला उपाध्यक्ष गोपाल, युबा संगठन नेपाल रोल्पाका सचिव असल र युवा संगठन नेपाल रोल्पाका कोषाध्यक्ष जयलगायत रहेका थिए । स्वागत मन्तव्य युवा संगठन नेपाल गंगादेब गाउँ कमिटीका सदस्य लालबहादुर मल्लले राखेका थिए ।

उक्त भेलाका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी रोल्पाका सेक्रेटरी दिनेश बिक्रम चन्दले शुभ–कामना दिँदै युवाहरू नै देश परिवर्तनको मुख्य खम्बा भएकाले क्रान्तिलाई निर्णायक तहमा पुर्याउनको लागि सबै नौजवान युवाहरू एक हुनुपर्ने बताए । दलाल सत्ताको अखडा भट्काउन युवाहरू तयारी हालतमा बस्न अनुरोध गर्दै, यो दलाल सत्ता श्रमजीवी वर्ग र जनताको हितमा नभएकोले यो सत्ता खारेज गरि जनताको बैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापना गरि छोड्ने दाबी गरे । गाउँगाउँबाट जनसत्ता सञ्चालन गर्दै अगाडि बढ्नुको विकल्प नभएको बताए । साथै युवा नेता दिनेशले युवाहरु कुनै लोभ लालचमा नपरी एक पटक गम्भीर भएर क्रान्तिमा होमिन अपिलसमेत गरे । युवाहरु नै क्रान्तिको निर्णायक भएकाले सहिदहरुका अधुरा सपना पूरा गर्दै नेपाली जनताको न्याय, मुक्ति, स्वतन्त्रता, समानता, स्वाधीनता, राष्ट्रियता, जनतन्त्र, जनजीविकाको निम्ति एकीकृत जनक्रान्तिको महान् अभियानमा लामबद्ध हुन अनुरोध गरे । अहिले समाजमा देखिएका बिकृति, विसंगति, स्थानीय तहहरुमा भइरहेको भ्रष्टाचार, अनियमितता, लुटपाट, ढिलासुस्ती, अन्याय, अत्याचार, विभेद स्थानीय जनप्रतिनिधिहरुको दादागिरीलाई अन्त्य गर्न र जनताको आवश्यकता अनुसार जनसेवाको कार्यमा एकजुट भएर जुट्न निर्देशन पनि दिएका छन् । साथै उनले, जनताको मुक्तिको निम्ति पार्टीले दलाल सत्ता खारेज गरेर जनताको सत्ता स्थापना गर्न सबै प्रकारका तयारी गरिरहेकाले सचेत युवाहरू जनमुक्ति सेनामा भर्ती हुनकोलागि तयारी अवस्थामा बस्न पनि अनुरोध गरेका थिए ।

यस्तै भेलाका विशेष अतिथि जनसरकार रोल्पाका प्रमुख विश्वले जिल्लामा जनसत्ताद्वारा विकास निर्माण, न्याय, सुशासन दिलाउन महत्वपूर्ण कामहरु गर्नुपर्ने बताए । अझ जनताको सत्तालाई व्यवस्थित गराउन र दलाल सत्तालाई खाली गराउन युवाहरूले सहयोग गर्नुपर्ने बताए । दलाल सत्ता असफल भइसकेकाले अब रोल्पामा जनसत्ता नै एकमात्र विकल्प भएको दाबीसमेत गरे ।

उक्त भेलाका अर्का अतिथि युवा संगठन नेपाल रोल्पाका अध्यक्ष एवम् केन्द्रीय सदस्य प्रज्वलले एकीकृत जनक्रान्तिलाई तुङ्गोमा पुर्याउन युवाहरू गाउँगाउँ बस्तीबस्तीहरुवाट एक भएर जुट्नु पर्ने बेला भएको बताए । साथै पार्टीको आवश्यकता र माग अनुसार युवाहरु जुनसुकै क्षेत्र भूगोलमा काम गर्न पनि तयारी भएर बस्न अनुरोध गरे । रोल्पाली युवाहरुले एकीकृत जनक्रान्तिमा नयाँ इतिहास कायम गर्नुपर्ने सुनौलो अबसर प्राप्त भएकाले कुनै पनि हालतमा अबसलाई उपयोग गर्नुपर्ने बताए ।

भेलाका अतिथि नेकपा गंगादेब गाउँ कमिटी इन्चार्ज किरणले भेलालाई सफलताको शुभ–कामना दिँदै जनताको न्याय अधिकार सुनिश्चित गर्न युवाहरु क्रान्तिमा लामबद्ध हुन अपिल गरेका थिए ।

भेलाका अतिथि नेकपा गंगादेब गाउँ कमिटी सेक्रेटरी एवम् युवा संगठन रोल्पाका उपाध्यक्ष बिपिनले युवाहरु स्थानीय स्तरमा बिकृति बिसंगती, अन्याय, अत्याचार, विभेद, दलाल सत्ताद्वारा भइरहेको भ्रष्टाचार र अनियमितता विरुद्ध डटेर लडिरहेको बताए । साथै युवाहरु अझै स्पातिलो भएर डटेर लाग्नुपर्ने बताए ।

उक्त भेलामा सहभागी युवाहरुले दलाल सत्ताबाट आशा मरिसकेकाले एकीकृत जनक्रान्तिमार्फत निर्माण हुने वैज्ञानिक समाजवादी सत्ताको मात्र आस रहेको बताएका थिए । साथै पार्टीले आवश्यकता थानेर जस्तो सुकै जिम्मा दिए पनि आफुहरुले बहन गर्ने बताएका थिए । क्रान्तिको झन्डा पुनः उठाउँन पाउँदा गैरवान्बित भएको पनि बताएका थिए ।

सामाजिक दुरी कायम गर्दै करिब २ सय जना युवाहरूको उपस्थितिमा भेला भब्य रुपमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :