मलेसियामा श्रमिक उद्धारको नाममा ३ गुणा बढी भाडा उठाउँदै ट्राभल एजेन्सीहरु

काठमाडौँ : नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाले विदेशमा रहेका नेपालीहरुलाई उद्धारको नाममा ट्राभल एजेन्सीहरुले साविकको भन्दा तीन गुणा महँगो भाडा शुल्क लिएर श्रमिकहरुलाई मार्ने काम गरेको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

जनप्रगतिशिल मोर्चा मलेसियाका अध्यक्ष विजय लामाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लागेको मौका छोपेर उद्धार उडानका नाममा ट्राभल एजेन्सीहरुले चर्को शुल्क उठाएर श्रमिकहरुलाई प्रत्यक्ष मारमा पारेको बताएका छन् । साथै मोर्चाको विज्ञप्तिमा भनिएको छ – ‘वर्तमानको विषम परिस्थितिको मौका छोपेर नियमित उडानका नाममा महँगो भाडा असुल्ने केही ट्राभल एजेन्सीहरुले पर्यटन मन्त्रालयकै अधिकारीको मिलेमतोमा उडानको रेट महँगो गरेर शुल्क उठाएको सूचना प्राप्तभएको, श्रमिक उद्धारको नाममा ब्रह्मलुट मच्चाउने यस्ता ट्राभल एजेन्सीहरु लगायत पर्यटन मन्त्रालयको ठगी धन्दामा संलग्न अधिकारीहरुलाई नेपाल नागरिक उड्यन प्राधिकरणले कुटनीतिक नियोगमार्फत तुरुन्तै कारवाही गरोस् ।’

साथै मजदुरहरुलाई हवाई मुल्य परिवर्तन गरी विदेशमा रोजगार गुमाएर अलपत्र नेपाली श्रमिक मजदुरहरुलाई अवस्था हेरी निःशुल्क र न्युनतम् शुल्कमा सरल र सहज तरिकाले स्वदेश फर्किने वातावरण बनाउन पनि सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :