विरहीको स्वास्थ अवस्था नाजुक, उपचारको व्यवस्था मिलाउन अदालतको आदेश

काठमाडौँ : रातो खबर साप्ताहिकका निर्देशक अनिल शर्मा ‘विरही’को स्वास्थ्य अवस्था निकै कमजोर भएको कारण सुविधा सम्पन्न अस्पतालमा उपचारको ब्यवस्था मिलाउन अदालतले आदेश दिएको छ ।

बुधबार जिल्ला अदालत सुनसरीका न्यायाधिस प्रकाश श्रेष्ठले विरहीको स्वास्थ अवस्था नाजुक भएको भन्दै अस्पतालमा उपचार गराउनको लागि आदेश दिएका हुन् ।

सुगर र मेरुदण्डको समस्या रहेका विरही लामो समयदेखि विरामी भएर चितवन भरतपुरस्थित एक अस्पतालमा उपचार गराइरहेका थिए । अस्पतालबाट डिस्चार्ज भएलगत्तै प्रहरीले गिरफ्तार गरी धनुषा लिएको थियो । बुधबार धनुषा अदालतले रिहा गरे पनि प्रहरीले पुनः अदालतबाटै गिरफ्तार गरी सुनसरी पुर्याएको थियो । सुनसरी प्रहरीले म्याद थपको लागि जिल्ला अदालतमा लिएपछि अदालतले आजै १५ दिनको म्याद समेत थपेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :