रातो खबर साप्ताहिकका निर्देशक अनिल शर्मालाई पुनः गिरफ्तार गरी सुनसरी लगियो

काठमाडौँ :रातो खबर साप्ताहिकका निर्देशक अनिल शर्मा ‘विरही’ लाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । जिल्ला अदालत धनुषाले धरौटीमा रिहा गर्नेबित्तिकै प्रहरीले शर्मालाई पुनः गिरफ्तार गरी सुनसरी लगेको छ । अदालतमा मङ्गलबार भएको बहसपछि न्यायाधीश विनोद खतिवडाको इजलासले शर्मालाई रिहाइको आदेश दिएको थियो । तर प्रहरीले सुनसरीमा अर्को मुद्दा रहेको भन्दै पुनः गिरफ्तार गरेको छ । उनको स्वास्थ्य अवस्था निकै नाजुक रहेको छ ।
शर्माका तर्फबाट नेपाल बार एसोसिएसन चितवनका निवर्तमान अध्यक्ष गोपीलाल देवकोटा, बारका चितवन जिल्ला सदस्य नारायण गिरी र अधिवक्ता मुकेश कार्कीले बहस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :