रातो खबर साप्ताहिकका निर्देशक अनिल शर्मालाई रिहाइको आदेश

काठमाडौँ : रातो खबर साप्ताहिकका निर्देशकसमेत रहेका माक्र्सवादी लेखक एवम् साहित्यकार अनिल शर्मा ‘विरही’ लाई जिल्ला अदालत धनुषाले धरौटीमा रिहा गर्न आदेश दिएको छ । अदालतमा मङ्गलबार भएको बहसपछि न्यायाधीश विनोद खतिवडाको इजलासले शर्मालाई रिहाइको आदेश दिएको हो ।

शर्माका तर्फबाट नेपाल बार एसोसिएसन चितवनका अध्यक्ष नारायण गिरी, निवर्तमान अध्यक्ष गोपीलाल देवकोटा र अधिवक्ता मुकेश कार्कीले बहस गरेका थिए ।

यसअघि प्रहरीले लामो समयदेखि चितवनको भरतपुर अस्पतालमा उपचार गराइरहेका शर्मालाई अस्पतालबाट डिस्चार्ज हुनेबित्तिकै धनुषामा अर्को मुद्दा रहेको भन्दै गिरफ्तार गरेको थियो ।

स्वास्थ्यमा गम्भीर समस्या आएपछि अस्पतालमा उपचार गराइरहेकै बेला प्रहरीले शर्मालाई वैशाख २३ गते गिरफ्तार गरेको थियो । शर्माका पक्षबाट जिल्ला अदालत चितवनमा दायर रिटउपर भएको बहसमा अदालतले उनलाई रिहा गर्न आदेश दिएको भए पनि प्रहरीले उनलाई अस्पतालमा घेरा हालिरहेको थियो । बिरामी अवस्थामा अस्पतालमै प्रहरीले घेरा दिएको भन्दै सरकारको चौतर्फी आलोचना भएको थियो ।

मानवअधिकारकर्मी, पत्रकार, कानुनव्यवसायी, लेखक, साहित्यकार सबैले शर्मालाई बिनासर्त रिहा गर्न र उपचाररत अवस्थामा प्रहरी लगाई घेरा नहाल्न यसअघि नै अनुरोध गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :