सुरेश वाग्ले ‘वासु’ को २२ औँ स्मृति दिवस

काठमाडौँ : तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीका पोलिटब्युरो सदस्य सुरेश वाग्ले ‘वासु’ को २२ औँ स्मृति दिवस देशभर मनाइएको छ । जनयुद्धका क्रममा २०५६ साल भदौ २३ गते नेता वासुले गोरखामा सहादत प्राप्त गरेका थिए ।

सहिद वासुको सम्झनामा नेकपाले देशैभरि विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । यसैबीच नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय कार्यालयले कार्यक्रम आयोजना गरी सहिद वासुका योगदानहरूको स्मरण गरेको समाचारमा जनाइएको छ ।

त्यसैगरी नख्खु कारागारमा रहेका नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले सहिद वासुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । जनयुद्धकालमा माओवादी पार्टीको उच्च तहबाट बलिदान गर्ने वासुको सपना र आदर्शअनुसार आफ्नो पार्टी अघि बढिरहेको भन्दै नेकपा नेता सुदर्शनले नक्कली नामधारी कम्युनिस्टहरूले वासुलगायत सहिदहरूको रगतको ब्याज मात्र खाने गरेको बताएका छन् । उनले आफ्नो पार्टी मात्र सहिदहरूले मार्गनिर्देशन गरेको बाटोमा अघि बढेको पनि प्रस्ट पारेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीले देशका विभिन्न ठाउँमा सहिद वासुको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गरेको समाचारमा बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :