नेपालमा आज २,२८७ कोरोना सङ्क्रमित निको भए, ९०२ जना थपिए, मृतकको सङ्ख्या ३०६ पुग्यो

काठमाडौँ :  नेपालमा पछिल्लो २४ घन्टामा २,२८७ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा ३९६ जना नयाँ सङ्क्रमित थपिएका हुन् । काठमाडौँ जिल्लाका ३०० ललितपुरमा ३८ र भक्तपुरमा ५८ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ४८ हजार १३८ पुगेको छ । यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप ६ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ३०६ पुगेको छ । पछिल्लो २४ घन्टामा २,२८७ जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना निको हुनेको सङ्ख्या भने ३२ हजार ९६४ पुगेको छ

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :