शुल्क नतिरेको भन्दै अभिभावकलाई नै कुटपिट गर्ने शिक्षकमाथि कारबाहीको माग

विद्यालयलाई शुल्क नतिरेको भन्दै अभिभावकलाई कुटपिट गर्ने शिक्षकमाथि कारबाही नभएको भन्दै अखिल क्रान्तिकारी जिल्ला समिति नवलपुरले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
अखिल क्रान्तिकारी नवलपुरका अध्यक्ष श्रीराम बस्यालले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नवलपुरको विनय त्रिवेणी गाउँपालिका ६ रानीनगरस्थित उज्ज्वल शिशु इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक दीपक कुँवरले शुल्क नतिरेको भन्दै अभिभावक कृष्णप्रसाद शर्मा आचार्यलाई निर्घात कुटपिट गरी खुट्टा भाँचिदिएको र दोषीलाई हालसम्म पनि कारबाही नभएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
कोरोना महामारीले गर्दा आमनागरिकलाई आत्महत्या गर्न बाध्य पार्ने गरी राज्यले देखाइरहेको गैरजिम्मेवारीपूर्ण हर्कतले यो व्यवस्थाको असफलतालाई उदाङ्गो पारिरहेकै बेला यस्तो घटनाले आफ्नो सङ्गठनलाई आक्रोशित बनाएको क्रान्तिकारीको विज्ञप्तिमा उल्लेख छ ।
पीडित अभिभावकको क्षतिपूर्तिसहित उचित उपचार स्वयम् विद्यालयका प्रधानाध्यापकले गर्नुपर्ने तथा यस्ता हर्कत दोहो¥याएमा र पहुँचका आधारमा उन्मुक्ति दिन खोजिए यसविरुद्ध कारबाही गर्ने चेतावनी क्रान्तिकारीले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :