नेकपाका अर्का घाइते नेता राजीव पनि गिरफ्तारपछि बेपत्ता ! अमानवीय र क्रूर बन्दै सरकार

काठमाडौँ : रातो खबर साप्ताहिकका निर्देशक अनिल शर्मा ‘विरही’ लाई बिरामी अवस्थामै अस्पतालबाट गिरफ्तार गरेको तीन दिनमै केपी वली–रामबहादुर थापा सरकारले युवा सङ्गठन नेपाल सिन्धुलीका अध्यक्ष राजीव सुनुवार ‘अखण्ड’ लाई पनि खुट्टा भाँचिएर उपचार गराइरहेको अवस्थामा काठमाडौँबाट आइतबार गिरफ्तार गरेको छ ।

पार्टी कामको सिलसिलामा केही दिनअघि दुर्घटनामा परेर खुट्टा भाँचिई काठमाडौँ जोरपाटीस्थित अर्थोपेडिक आयुर्वेदिक अस्पताल जनरल बेड नं. २३५ मा भर्ना भएर खुट्टामा रड हाली उपचार गराइरहेको अवस्थामा रामबहादुर गृह प्रशासनले राजीवलाई गिरफ्तार गरी बेपत्ता बनाएको पारिवारिक स्रोतले जनाएको छ । गिरफ्तार गरी आइतबार बौद्धस्थित प्रहरीचौकीमा राखिएका राजीवलाई सिन्धुली लग्ने भन्दै बेपत्ता बनाएको परिवारका सदस्यहरूले बताएका छन् । बिरामी परेर उपचार गराइरहेका नेकपाका नेता–कार्यकर्तालाई पनि गिरफ्तार गरी बेपत्ता बनाउने सरकारी कार्य अमानवीय र क्रूर रहेको भन्दै चौतर्फी आलोचना भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :