नेपालमा आज १,७३६ कोरोना सङ्क्रमित निको भए, ९७९ जना सङ्क्रमित थपिए, मृतकको सङ्ख्या ३०० पुग्यो

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ९७९ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा ३२६ जना नयाँ सङ्क्रमित थपिएका हुन् । काठमाडौँ जिल्लाका २९३ ललितपुरमा २० र भक्तपुरमा १३ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ४७ हजार २३६ पुगेको छ । यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप ११ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ३०० पुगेको छ । पछिल्लो २४ घन्टामा १,७३६ जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना निको हुनेको सङ्ख्या भने ३० हजार ६६६ पुगेको छ

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :