कोरोना भाइरस सङ्क्रमण हुने सूचीमा भारतले ब्राजिललाई उछिन्यो

कोरोना भाइरस धेरै सङ्क्रमण हुने देशको सूचीमा भारतले ब्राजिललाई उछिनेको छ । अहिलेसम्म तेस्रो नम्बरमा रहेको भारतमा पछिल्लो २४ घन्टामा अहिलेसम्मकै धेरै ९१ हजारभन्दा बढीमा सङ्क्रमण देखिएसँगै भारत दोस्रो स्थानमा उक्लिएको हो ।
भारतमा कोरोना भाइरसको दैनिक सङ्क्रमण वृद्धिसङ्ख्यामा नयाँनयाँ कीर्तिमान कायम भएको छ । भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ४२ लाख नाघेको छ । पछिल्लो समय ब्राजिलमा भन्दा भारतमा झन्डै ६५ हजार बढी सङ्क्रमित छन् ।
भारतमा अहिलेसम्म ३२ लाख ४७ हजार २९७ जना सङ्क्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको सङ्ख्या ७१ हजार नाघेको छ । मृत्यु हुनेको सङ्ख्या भने ७१ हजार ६८७ पुगेको छ । कोरोना भाइरस सङ्क्रमणको पहिलो सूचीमा भने अमेरिका नै कायम रहेको छ । अमेरिकामा सङ्क्रमितको संङ्ख्या अहिलेसम्म ६४ लाख ६० हजार २५० पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या १ लाख ९३ हजार २५० पुगेको छ । यस्तै निको हुनेको सङ्ख्या भने ३७ लाख २५ हजार ९७० रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :