नेपालमा आज १,८१४ कोरोना सङ्क्रमित निको भए, ९८० जना नयाँ थपिए, ९ जनाको मृत्यु

 

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ९८० जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा ३५४ जना नयाँ सङ्क्रमित थपिएका हुन् । काठमाडौँ जिल्लाका २९० ललितपुरमा ३२ र भक्तपुरमा ३२ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ४६ हजार २५७ पुगेको छ । यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप ९ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २८९ पुगेको छ । पछिल्लो २४ घन्टामा १,८१४ जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना निको हुनेको सङ्ख्या भने २८ हजार ९४१ पुगेको छ

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :