अखिल क्रान्तिकारीद्वारा बुटवलमा रक्तदान

 

बुटवल : अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिको आयोजनामा बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अखिल (क्रान्तिकारी)का १८ जनाको बुटवलस्थित ब्लड बैंकमा गएर रक्तदान गरेका हुन् । क्रान्तिकारीका क्षेत्रीय समन्वय समितिका संयोजक बिरेन्द्र विकका अनुसार लुम्बिनी ब्युरो अन्तर्गत विभिन्न जिल्लाहरुमा गरी अखिल(क्रान्तिकारी) ले ३५ पोइन्ट रक्तदान गरेको छ ।
बुटवलमा आयोजित रक्तदानका कार्यक्रममा कपिलवस्तु र रुपन्देहीबाट १८ जनाको सहभागी रहेको थियो । कार्यक्रममा युवा, विद्यार्थी, शिक्षक, अभिभावक, बुद्धिजीवीलगायत सहभागी रहेको अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज रुपा बुढा मगरले बताएकीछिन् ।
रक्तदान गरेपछि आयोजित कार्यक्रममा नेकपा रुपन्देहीका सेक्रेटरी प्रभातले कोरोना सङ्कटले पुँजीवादको वास्तविक चरित्र उदाङ्गो भएको भन्दै केपी वली नेतृत्वको सामाजिक दलाल पुँजीवादी सरकारले कोरोना नियन्त्रण गर्न नसक्ने बताए । कार्यक्रममा युवा संगठन नेपालका लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषण र अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक विरेन्द्र विकले रक्तदान कार्यक्रमा सहभागीहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।

कोरोना सङ्कट गहिरिदै गएपछि अस्पतालहरुमा रगतको समस्या रहेको बेला अखिल (क्रान्तिकारी) ले एक कार्यक्रमको आयोजना गरी रक्तादान सम्पन्न गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :