भारतमा एकै दिन ९० हजारभन्दा बढी कोरोना सङ्क्रमित, मृतक ७० हजार नाघे

काठमाडौँ :  कोरोना भाइरस सङ्क्रमण वृद्धिमा भारतले नयाँ रेकर्ड कायम गरेको छ । कोरोनामा भारतमा हरेक दिन नयाँनयाँ कीर्तिमान कायम हुन थालेका छन् । पछिल्लो २४ घन्टामा भारतमा अहिलेसम्मकै धेरै ९० हजारभन्दा बढी सङ्क्रमित थपिएका छन् ।

शनिबार मात्र भारतमा एकै दिन ८७ हजार ११५ जनामा सङ्क्रमण पुष्टि भएकोमा आइतबार यो सङ्ख्या बढेर ९० हजारभन्दा बढी पुगेको हो । शनिबार ९० हजार ६०० जना सङ्क्रमित भएसँगै भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ४१ लाख १० हजार ८३९ पुगेको छ ।

भारतमा कुल सङ्क्रमितमध्ये अहिलेसम्म ३१ लाख ७७ हजार ६३७ जना भने सङ्क्रमणमुक्त भएका छन् । यस्तै भारतमा कोरोना भाइरसको सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या ७० हजार नाघेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :