पार्टी नीति विपरित काम गर्ने कार्यकर्ता निष्कासनमा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति दैलेखले जिल्ला सदस्य मदन शाहीलाई पार्टीबाट निष्कासन गरेको छ । जिल्ला इन्चार्ज दिपेन्द्र र सेक्रेटरी मादुरोले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला सदस्य शाही विगत लामो समयदेखी पार्टीको सम्पर्कमा नरही पार्टी नीति विपरित सङ्गठनिक एवं आर्थिक अराजकता, गुटबन्दी र अनुशासनहीन गतिविधिहरु गरिरहेको पुस्टी भएकोले पार्टीको जिल्ला तथा जनपरिषद प्रमुखबाट निस्कासन गरिएको जानकारी गराएका हुन् ।
यस्तै पार्टीको नाममा ब्ल्याकमेलिङ गरेर चन्दा उठाउने लगायतका कुनै पनि गतिविधि गरेको पाइएमा पार्टीले कठोर कदम चाल्न बाध्य हुने कुरा पनि नेकपाले दैलेखको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :