आज कोरोनाबाट १,०४१ जना सङ्क्रमित, ९ जनाको मृत्यु

 

काठमाडौँ :  नेपालमा पछिल्लो २४ घन्टामा १,०४१ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा ४०८ जना नयाँ सङ्क्रमित थपिएका हुन् । काठमाडौँ जिल्लाका ३२६ ललितपुरमा ३७ र भक्तपुरमा ४५जना नयाँ सङ्क्रमित थपिएका छन् ।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ४५ हजार २२७ पुगेको छ । यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप ९ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २८० पुगेको छ । पछिल्लो २४ घन्टामा १५६६ जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना निको हुनेको सङ्ख्या भने २७ हजार ११७ पुगेको छ

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :