पार्टीबाट कारबाही गरिएकाहरूले पार्टी छोडेका हुन् : शितल

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा नारायणी ब्युरो इन्चार्ज शितलले नेकपाका १३८ जना कार्यकर्ताले पार्टी परित्याग गरेको भनी दिइएको समाचार पार्टीविरुद्धको षड्यन्त्र र प्रचारबाजी मात्र भएको भएको बताएका छन् ।
इन्चार्ज शितलले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीका पूर्व मकवानपुर सेक्रेटरी पासाङले पार्टी अनुशासनविपरीत तथा पार्टी र क्रान्तिविपरीत क्रियाकलाप देखाएकाले गत २०७७ भदौ १५ गते नै पार्टीको जिम्मेवारीबाट हटाइसकिएको प्रस्ट पारेका छन् ।
यस्तै रेखा र विमल नाम गरेका व्यक्तिहरू पार्टीको सम्पर्कभन्दा बाहिर रहेर आफ्नो तरिकाले काम गरिरहेको पनि शितलले विज्ञप्तिमा स्पष्ट पारेका छन् । यस्तै आपच्याङ र किरण नामका व्यक्ति मात्र आफ्नो पार्टीको जिम्मेवारीमा रहेको भन्दै इन्चार्ज शितलले १३८ जनाले पार्टी छोडेको समाचार फर्जी, कपोलकल्पित र प्रचारबाजी मात्र भएको स्पष्ट पारेका छन् ।
विज्ञप्तिमा उल्लेख भएका नामहरूबाहेक फोटोमा देखाइएका सबै मानिस सर्वसाधारण जनता भएकाले पार्टीपङ्क्ति र आम जनसमुदायमा उक्त षड्यन्त्रकारी प्रचारबाजीको भ्रममा नपर्न पनि इन्चार्ज शितलले आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :