नेपाल–भारत सम्बन्ध बिगार्न षड्यन्त्र हुनसक्छ – शैयद साहानवाज हुसेन

शैयद साहानवाज हुसेनकाठमाडौं / असार ३१  : भाजपा नेता तथा पूर्व मन्त्री शैयद साहानवाज हुसेनले शुक्रबार विराटनगरको एक कार्यक्रममा नेपाल–भारत सम्बन्ध बिगार्ने षड्यन्त्र हुनसक्ने भएकोले सचेत हुन दुवै देशका नागरिकलाई आह्वान गरेका छन् । चीनका बुद्धिजिवि र कुटनीतिज्ञले भारतले नेपाल र भुटानलाई सिक्किम बनाउने षड्यन्त्र गरिरहेको आरोप लगाइरहेको समयमा हुसेनको यो धारणा सार्वजनिक भएको हो । भारत र चीनका बीचमा सीमा विवाद चर्किरहेको बेला एकले अर्कोलाई यस्ता आरोप–प्रत्यारोप बढाउँदै लगेका छन् । चिनियाँहरुले भारतले छिमेकमा जनसांख्यिक अतिक्रमण गरेको अरोप पनि लगाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :