भाजपा नेता काठमाडौंमा

dinesh upadhyaकाठमाडौं / असार ३१ : भारतीय जनता पार्टी (भाजपा) केन्द्रीय सल्लाहकार समितिका सदस्य दिनेश उपाध्याय एक सातादेखि काठमाडौंमा गोप्य भेटघाटमा छन् । धार्मिक पृष्ठभूमीका उपाध्याय राप्रपालाई विभाजित गरेर भएपनि संविधान संशोधनको पक्षमा दुईतिहाई पु¥याउने उदेश्यले काठमाडौंमा बसेर कसरत गर्दै गरिरहेको स्रोतको दाबि छ । नेकपा (एमाले) मा संशोधनको पक्षमा नरम धारणा सार्वजनिक हुनु र राप्रपामा राणाले संविधान संशोधन गर्नुपर्ने, राप्रपा सरकारमा जाने र पार्टी विभाजनको धम्की दिनुलाई भाजपाको ‘लबिङ प्रभाव’ का रुपमा हेरिएको छ । नुवाकोटबाट प्राप्त अर्को खबर अनुसार शुक्रबार नुवाकोट दरबार भ्रमणको तयारी गरेका उपाध्याायले दरबार परिसरमा उनको विरुद्ध कालो झण्डा पदर्शन हुनसक्ने गोप्य सुचना पाएपछि भ्रमण नै स्थगित गरेका छन् । पञ्जावी नागरिक उपाध्याय ‘गोलीको विरुद्ध गोली’ अर्थात ‘जस्तालाई त्यस्तै…’ रणनीति अख्तियार गर्ने पूर्व प्रहरी अधिकारीका रुपमा चिनिन्छन् । पञ्जावकोे संकट समाधानमा विशेष भूमिकाका कारण चर्चित उपाध्याय हाल भाजपाका केन्द्रीय नेता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :