नीतिगतमा भ्रष्टाचारमा आयोग

Brand new SUVs procured by the Eelection Comission 03काठमाडौं / असार ३१ : निर्वाचन आयोगको विलासी र अनावश्यक करोडौं पर्ने बाहन खरिद गर्ने प्रयासलाई तत्कालिन सचिव गोपीनाथ मैनालीले असफल बनाइदिएका थिए ।  निर्वाचन आयोगका १ जना कर्मचारीले ३ वटासम्म बाहन प्रयोग गर्दै आएका छन् । थप ५ वटा विलासी बाहन किन चाहियो ? प्रश्न अनुत्तरित छ । राष्ट्रपति विद्यादेवी भण्डारीले १६ करोडको बाहन खरिद गर्न रकम मागेको भन्दै ब्यापक विरोध भैरहेका बेला त्यत्तिकै मूल्यका ५ वटा करोडौं मूल्यका बाहन किन्न बोलपत्र आह्वान गरेको छ । आयोगको सो निर्णयलाई भ्रष्ट र राजस्व लुटेरो मनोवृत्तिका रुपमा हेरिएको छ । बाहन किन्ने प्रक्रियामा असहयोग गरेकै कारण आयोगले पूर्व सचिव मैनालीलाई विभागिय कारबाही गरेको थियो । मैनालीको सरुवा र महेश्वर न्यौपानेको पदस्थापनसँगै यस्तो भ्रष्ट निर्णय गरिएको छ । भारत सरकारले सहयोग स्वारुप दिएका ३७ वटा बाहन त्यत्तिकै बसिरहेको बेला भएको यो निर्णयलाई चरमलुटतन्त्र मौलाएको घटनाका रुपमा हेरिएको छ । करोडौंको बाहनलाई निर्वाचन सामग्रीका रुपमा उसवेला चोरबाटोबाट खरिद गर्न खोज्दा पूर्वसचिव मैनालीले विरोध गरेपछि सो प्रक्रिया तत्काललाई स्थगित भएको थियो । सरकारको पक्षमा चुनाव धाँधलीमा आयोगले सहयोग गरेका कारण सरकारले आयोगको भ्रष्ट कदमलाई आँखा चिम्लेर समर्थन गरेको छ । “भएका बाहनहरु नचढ्ने र नयाँ खरिद गर्ने आयोगको निर्णय कमिशनको चक्कर पे्ररित छ’’ आयोगका एक कर्मचारी भन्छन् । विलासी जीवन बिताउने भन्दा आर्थिक अनियमितता यससँग बढी जोडिएको हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :