गिरफ्तार भएकाहरु सम्मानित

अम्बिका चन्द / काठमाडौं, असार ३१ : नेकपा दाङले चुनाव खारेजी अभियानको बेला प्रहरीद्वारा पक्राउ गरिएका आफ्ना कार्यकर्ताहरुलाई अभिनन्दन गरेको छ । नेकपाका केन्द्रीय सदस्य तथा कार्यबाहक राप्ती ब्युरो इन्चार्ज बलबहादुर ओली ‘सितल’ ले सम्मान हुनेहरुलाई दोसल्ला ओढानुका साथै सम्मानपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा बोल्दै इन्चार्ज शितलले प्रशासनको व्यापक धरपकट गिरफ्तारी र चौतर्फी घेरावन्दीको बीचमा पनि आफ्नो पार्टीले सञ्चालन गरेको चुनाव खारेजी तथा प्रतिरोध अभियान सफल भएको बताउनु भयो । सम्मान कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले दलाल संसदीय व्यवस्थाका विरुद्ध नेकपाले उठाएको बैज्ञानिक समाजवादको नारा स्थापित भएकोले आफ्नो पार्टी सफल भएको बताएका छन् । नेकपा दाङ सेक्रेटरी सविनको अध्यक्षतामा शुक्रबार सम्पन्न कार्यक्रममा चुनाव खारेजी तथा प्रतिरोध अभियानको क्रममा पक्राउ परेका ६ जनालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :