विभाजनको संघारमा राप्रपा

Pashupati-Shamsher-Rana-and-Kamal-Thapa-24445415काठमाडौं / असार ३१ : स्थानीय निकायको निर्वाचनलाई केन्द्रित गरेर जुटेका पशुपति शमशेर जबरा र कमल थापा समूह पार्टी एकता गरेको ५ महिना नपुग्दै फेरि विभाजनको संघारमा उभिएका छन् । थापाको कार्यशैलीबाट असन्तुष्ट हुँदै आएका नाती राणा केन्द्रीय सदस्य मनोनयनबाट झनै असन्तुष्ट भएका छन् । थापाले ४२ जना केन्द्रीय सदस्य थपेर त्यसको जानकारी निर्वाचन आयोगलाई दिइसकेका हुनाले मनोनयन फिर्ता हुने सम्भावना कम देखिन्छ । राणाले भने सो मनोमानी मनोनयन फिर्ता नभए पार्टी फुट्न सक्ने चेतावनी सार्वजनिक गरिसकेका छन् । राणाले ‘राप्रपालाई अध्यक्षको एकल बिर्ता ’ बनाउँन खोजेको ‘अध्यक्षको सो मनोगत निर्णय र कार्यले पार्टीमा अनिष्ट र विग्रहको स्थिति पैदा गर्ने भयले म ज्यादै चिन्तित भएको छु’ शुक्राबार राणाले जारी गरेको विज्ञप्तिमा भनेका छन् । साउन ४ गते थापाले केन्द्रीय समितिको बैंठक बोलाइसकेका छन् । सम्भवतः त्यही दिन पार्टी फुटको घोषणा हुनसक्ने सुत्रहरुको दाबि छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :