गोर्खाल्यान्डको समर्थनमा लण्डनमा प्रदर्शन

_96937874_gorkhaland_support_640x360_bbc_nocreditअम्बिका चन्द / काठमाडौं, असार ३१ : विगत एक महिनादेखि भारतको दार्जिलिङमा जारी नेपालीभाषीहरुको आन्दोलनको समर्थनमा लण्डनमा प्रदर्शन गरिएको छ । दार्जिलिङलगायत विभिन्न ठाउँबाट लण्डनमा गएर बसोवास गर्ने नेपालीभाषीहरुले गोर्खाल्यान्डको समर्थनमा प्रदर्शन गरेका हुन् । उनीहरुले पश्चिमबंगाल राज्य सरकारले दार्जिलिङका नेपालीभाषीमाथि अधिकार माग्दा दमन गरेको भन्दै त्यसको विरोध गरेका छन् । शुक्रबार बेलायतको राजधानी लण्डनमा भेला भएका नेपालीभाषीले दार्जिलिङमा एक महिना लामो हड्तालबाट जनजीवन अस्तव्यस्त बन्दा र मानिसहरुको ज्यानसमेत जाँदा पनि सरकार मुकदर्शक बनेको भन्दै बिरोध गरेका हुन् ।
करिब सय वर्षदेखि अलग्गै गोर्खाल्याण्डको मागगर्दै दार्जिलिङका नेपालीभाषीहरु आन्दोलनरत छन् । तर अहिले पश्चिमबंगाल सरकारले बंगालीभाषालाई विद्यालयको पाठ्यक्रममा अनिवार्य बनाएपछि शुरु भएको आन्दोलन अहिले हिंसात्मक बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :