हामी उत्साहित भएका छौं – विप्लव

biplove-1काठमाडौं / असार ३१ : पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा जनताको ठूलो पङ्ती चुनाव खारेजी अभियानमा सहभागी भएका छन् । नेपालमा गैरसंसदीय क्रान्न्तिकारी धारा स्थापित भएको छ । अर्कोतिर चुुनावमा सहभागी जनमत नै पनि दलाल र अनैतिक गठबन्धनको विरुद्ध प्रकट भएको छ । तसर्थ क्रान्तिकारी र देशभक्त धारालाई वितेका ३ महिनाले स्थापित गरेका छन् । प्रचण्ड र बाबुराम भट्टराई गुटको पराजय र त्यसबाट उत्पन्न निराशालाई सबैको साझा निराशा भन्न थालेका छ्न् । ‘जोगीसँग आशिर्वाद माग्यो । भने कमण्डलु दिएर पठाउँछ रे’ थकित– गलित, निराश र आत्मपीडामा रुमल्लिएका दलालहरुले नेपाल कम्युनिस्ट पार्टीलाई निराश देख्ने नै भए नेकपा भन्छ । “प्रतिक्रियावादी वर्ग र उसका सञ्चार गृहका मालिकलाई खुसी पारेर, झुठो सुचना बेचेर खाने अनैतिक प्रवृत्तिले हामीलाई निराश देखेको होला तर हामी अत्यन्त उत्साहित छौं र क्रान्तिको बाटोमा दृढ छौं’’ नेकपाका महासचिव विप्लवले सनिबार ई–रातो खबरसँग संक्षिप्त कुरा गर्दै भन्नुभएको छ । आफ्नो पङ्तीमा आएको तीव्र विघटन रोक्न नेकपा (एमाले)सँग पार्टी एकताको प्रयास असफल भएपछि कांग्रेसको पाउ मोल्न पुगेको दाहाल गुटले यसैवेला पार्टी एकताको भ्रम प्रचार गरेको पनि नेकपाको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :