हामीलाई रुपान्तरणको एकता चाहिएको छ – विप्लव, महासचिव, नेपाल कम्यनिस्ट पार्टी

biplavजीवनको उत्कर्षमा पुगेजस्तो लागेको छ । लुकेका, लुकाइएका, अदृश्यका कुरा सुन्ने इच्छा हुन्छ मान्छेलाई । हाम्रा अपेक्षाहरुको प्रतिकूलमा निर्णयहरु भयो भने झोँक चल्छ । माक्र्सवादमा बहस हुन्छ, विवाद चल्छ, समाधान पनि छ ।
हाम्रो विषयमा चिन्ता गर्ने अधिकार अमेरिका, भारतका भाइचारा र हाम्रै बीचमा पनि छ । त्यसरी नसोच्नु भनेको गैरसर्वहारा, गैरभाइचारा प्रवृत्ति हो । हाम्रा बा–आमाहरु आफ्नै घरको चिन्ताले सुत्न सक्दैनथे । हामी त्यसरी नै क्रान्तिको चिन्ताले गम्भीर भएका छौं; चिन्तित भएका छौं ।
केपी ओली र गिरिजाहरु एउटै मञ्चबाट शालिक अनावरणको नाममा क्रान्तिकारीहरुलाई सराप्दै हिडेका छन् । नेपालको मामिलामा भारत र अमेरिका संलग्न हुनु भनेको देशका प्रतिक्रियावादीहरु राजनीतिक समाधान दिन सक्षम छै्रनन् भन्ने कुराको सूचक हो ।
जो चिन्तित छ, उही उत्साहित हुन्छ । हामी हाम्रा भाइचाराहरु र जनताको बीचमा रहेर, हाम्रो नेतृत्वमाथि भर परेर समस्याको हल गर्न सक्षम हुनेछौं । हामीलाई एकता चाहिएको छ, एकतावाद होइन । १३८ जना केन्द्रीय सदस्यहरु वलिदान गर्न तयार हुँदा हामी तपाईहरुको अगाडि उभिन्छौं भन्न सकौं । ‘कभर’ का कुरा आएका छन् । तयारीको उच्चतामा विद्रोहको अपेक्षा गरिएको छ । चोचोमोचो नगरी रुपान्तरणको एकता चाहिएको छ । कतिपयलाई पार्टीमा बहस नै छैन भन्ने लागेको होला । नयाँ र विशेष छलफल भएका छन् । संघर्षबाट नै रुपान्तरण सम्भव छ । संघर्षबिनाको रुपान्तरण फगत ढोङ मात्र हो । आन्दोलनमा सुविधा पाउने र नपाउनेको विभेद भएपछि संघर्ष हुन्छ । वर्ग संघर्षमा पनि त्यो नियम लागु हुन्छ ।
जनतन्त्रको व्याख्या शाषितले गर्ने हो । शासकले होइन । फलक झुन्ड्याएर गुटबन्दी गर्न सजिलो हुन्छ । फलक नराखी गुटबन्दी गर्न गाह्रो हुन्छ । तर त्यो भैहाल्छ । नेपालमा जनयुद्ध कहिले शुरु गर्ने भन्ने बहस गर्दै जाँदा २०५१ सालमा पार्टी फुटेको थियो । त्यसैले सानाठूला सबै विषयहरु अन्तर्यमा देखिएजस्तै सामान्य नहुन सक्छन् । विद्रोह अनन्तको विषय हो कि निश्चित समयको ? भन्ने बहस आइहाल्छ ।

विद्रोहलाई अनन्त कालसम्म लम्ब्याउन सकिने छैन । दस्तावेजमा एउटा पारित गर्ने बाहिर अर्कै प्रचार गर्दै हिंड्नु नै गुटबन्दी हो । सबैतिर उत्तिकै समस्या छन् भन्ने कुरा नै गलत हो ।
(२०६६ असार २६ मा सम्पन्न केन्द्रीय समिति बैठकमा व्यक्त विचारको सम्पादित अंश)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :