व्यापारीहरु थाल ठटाउँदै विरोध प्रदर्शनमा उत्रिए

20067681_1260918960700335_1277742258_nकाठमाडौं / असार ३० : नेपाल वायु सेवा निगमको स्वामित्वमा रहेको काश्की, पोखरा पृथ्वीचोकस्थित सस्तो बजारमा तालाबन्दी गर्ने निर्णयलाई ६ राजनीतिक दलको संयुक्त आयोजनामा थाल ठटाउँने विरोध प्रदर्शनसहित कोण सभामा परिणत भएको छ । कार्यक्रममा कास्की जिल्लामा क्रियाशील पार्टीहरुले असार ३० गते (मंगलबार) थाल ठटाउँदै ब्यावसायीको माग पूरा गर्न तथा एनएसी र प्रशासनले अदालतकोसमेत मानहानी गरेको भन्दै प्रदर्शन गरेको हो । उक्त कार्यक्रममा नेकपाकी शावित्रा दुरा, नयाँ शक्ति पार्टीका हेमबहादुर थापा, राष्ट्रिय जनमोर्चाका चन्द्रबहादुर के.सी., नेकपा (क्रान्तिकारी माओवादी) का रामजी थापा, संघीय समाजवादी मोरमका रामजी कर्माकार र नेकपा (माले) का टेकनाथ भण्डारीहरुले आ–आफ्नो भनाइ व्यक्त गर्नु भएको थियो । यसैबीच बिहिबार प्रहरीले सस्तो बजारका ब्यावसायी शिव खनाल र चन्द्रबहादुर नेपाली ‘दिपक’लाई तुरुन्त रिहाइको माग गरेको छ । कार्यक्रम सञ्चालन भने नेकपाका काश्की जिल्ला सेक्रेटरी जगन तिवारीले गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :