क्षेत्री मुख्य सचिवमा बढुवा

राजेन्द्र किशोर क्षेत्रीकाठमाडौं / असार ३० : स्याङ्जा मूल घर भएका कलंकी निवासी सहकारी तथा गरीबी निवारण मन्त्रालययका सचिव राजेन्द्र किशोर क्षेत्रीलाई सरकारले मुख्य सचिवमा बढुवा गरेको छ । एक वर्ष अघि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले क्षेत्रीलाई जलमाफिया भन्दै उनको निवास कलंकी ( खसीबजार) मा कालो झण्डा गाडेर नारावाजीसमेत गरेको थियो । तत्कालिन नेकपा (माओवादी) को विरोध लगत्तै क्षेत्री जलस्रोतबाट सहकारी तथा गरीबी निवारण मन्त्रालयमा सरुवा भएका थिए । जलमाफियाका रुपमा बदनाम भएका क्षेत्रीले देशलाई हालै राष्ट्रिय बेइज्र्जी गर्ने पूर्व मुख्य सचिव सोमलाल सुवेदीले जस्तै बदनाम गर्ने र भ्रष्टाचार झन् बढ्ने आकंलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :