एनसीले अदालतको आदेश टेरेन

6-party-about-sasto-bajar-336x3361काठमाडौं / असार ३० : नेपाल वायु सेवा निगमको स्वामित्वमा रहेको काश्की पोखरा पृथ्वीचोकस्थित ४ रोपनी जग्गामा रहेको सस्तो बजारमा तालाबन्दी गर्ने निर्णयलाई पुनरावेदन अदालतकोे असार २३ गतेको आदेशले बदर वा रोक्का गरेको छ । अदालतले वादी र प्रतिवादीलाई साउन १ गते आ–आफ्ना प्रमाणसहित हाजिर हुन अन्तरिम आदेश जारी गरेको थियो । अदालतको आदेश भएको १ साता पुग्दा पनि नेपाल वायु सेवा निगम, क्षेत्रीय कार्यालयले आदेशको अवज्ञा गरेको छ भने स्थानीय प्रशासनले आदेश पालाना गर्ने कुनै भूमिका खेलेको छैन । सरकारी तथा अर्धसरकारी निकाय नै अदालतको आदेशको मानहानी गर्न उद्दत रहेको यो पहिलो घटना भने होइन । बजार ब्यवस्थापन समितिले ३५ करोड रुपैया हर्जना र क्षतिपूर्तिसहत अदालत पुगेका हुन् । निगमले सहमती अनुसार टहरा निर्माण गरिरहेको कारण वैकल्पिक ब्यवस्था र टहरा निर्माण गर्दाको लागत क्षतिपूर्तिवापत भरताल गर्नु मानसिव हुन आउँछ । यहाँ २१९ जना ब्यावसायीले ब्यापार गरिरहेका छन् । पीडित बयापारीको तर्फबाट अधिवक्ता डा. गोपाल सिवाकोटी ‘चिन्तन’ र हिमलाल पराजुलीले बहस गर्नेछन् । प्रहरीले बजारमा ताला लगाएका कारण फलफूल तथा तरकारी कुहिएर आसपासको क्षेत्र नै दुर्गन्धित भएको छ । यसैबीच कास्की जिल्लामा क्रियाशील पार्टीहरुले असार ३० गते (आज) थाल ठटाउँदै ब्यावसायीको माग पूरा गर्न तथा एनएसी र प्रशासनले अदालतकोसमेत मानहानी गरेको भन्दै प्रदर्शन गर्ने भएका छन् । त्यसरी विज्ञप्ति जारी गर्नेहरुमा नेकपाकी शावित्रा दुरा, नयाँ शक्ति पार्टीका हेमबादुर थापा, राष्ट्रिय जनमोर्चाका चन्द्रबहादुर के.सी., नेकपा (क्रान्तिकारी माओवादी) का रामजी थापा, संघीय समाजवादी मोरमका रामजी कर्माकार र नेकपा (माले) का टेकनाथ भण्डारी छन् । यसैबीच बिहिबार प्रहरीले सस्तो बजारका ब्यावसायी शिव खनाल र चन्द्रबहादुर नेपाली ‘दिपक’ लाई पक्राउ गरेको छ ।

19965032_1938731883074711_510076852_n

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :