क. चञ्चला आलेमगर ‘चेतना’

सहिद जीवनी
लमिना तामाङ (विमा)
मानवसभ्यताको विकासको इतिहासले के सिद्ध गरेको छ भने मान्छेलाई मारेर समाप्त पारे पनि उसले बोकेको विचार र सपना भने कहिल्यै मर्दैन वा समाप्त हुँदैन । क्रान्तिकारी विचार र परिवर्तित सपना उसले बोकेको छ भने ऊन नह“ुदा पनि उसले बोकेको विचार र उसका सपनाहरू अर्को पुस्ताले पनि बोक्न तयार हुँदो रहेछ । जनयुद्धका क्रममा जनताको सत्ता स्थापना गर्ने विचार र आमजनताको मुहारमा खुसीको लहर ल्याउने सपना बुनेका हजाराँै लालमान्छेहरूमध्ये क. चञ्चला आलेमगर पनि कम्युनिस्ट विचार बोकेकी एक योद्धा हुनुहुन्थ्यो । भलै क. चञ्चला आलेमगर आज हाम्रासामु हुनुहुन्न तर उहाँका विचार र सपनाहरू भने हाम्रासामु जीवितै छन् । उहाँले बोकेको विचार र सपनाहरू आजका पुस्ताले त बोकेकै छन् । तर पछिल्लो पुस्ताले पनि आवश्य बोक्नेछन् किनकि उहाँका आदर्शहरू आमजनताको जीवन र विचारसँग गा“सिएको छ ।

उच्च आदर्श बोकेकी क. चञ्चला आलेमगरको जम्मा २०४० भदौ २० गते बुबा वीरबहादुर आलेमगर र आमा ईश्वरी आलेमगरकी जेठी छोरीका रूपमा नुवाकोट जिल्ला सूर्यमती गाविस वडा नं. १ मा भएको थियो । गरिब र किसान परिवारमा जन्मिएकाले बाल्य अवस्था खासै सुखद त भएन तैपनि सानैदेखि मेहनती र असल स्वभावकी क. चञ्चलाले ६÷७ वर्षको उमेरदेखि नै आमास“ग घा“सदाउरा काट्न सिक्नुका साथै स्कुलमा कखरँ पनि सिक्दै जानुभयो । सानैदेखि अलि चञ्चले स्वाभव भएकाकी क. चञ्चलाले निरञ्जन प्राविबाट आफ्नो पढाइ सुरु गर्नुभयो । निरञ्जन प्राविबाट ५ कक्षा उत्तीर्ण भएपछि मावि स्तरको पढाइ सुरु गर्न लगभग एक घन्टाभन्दा बढी लामो बाटो हिँडेर क्षेत्रपाल उच्चमावि चौघडामा भर्ना हुनुभयो । मेहनती भएकीले पढाइमा पनि राम्रो अङ्क ल्याएर उत्तीर्ण गर्नुभयो । बिहान–बेलुका घरमा आमालाई सघाउने र अन्य बेला स्कुलमा जाँदैमा उनको बाल्यअवस्था बित्यो ।

ChaNchala-Alemagar
क. चञ्चला आलेमगर

नेपालको राज्यव्यवस्थामा ३० वर्षसम्म शासन चलाउने पञ्चायती व्यवस्थाको अन्त्य गरेर जनताका पक्षमा बोल्ने शासन व्यवस्था बहुदलको स्थापना भए पनि जनताको अधिकार प्राप्त नभएको शङ्खघोष गदै नेकपा (माओवादी) ले २०५२ साल फागुन १ गतेदेखि जनयुद्धको घोषणा गरिसकेको थियो । जनयुद्ध घोषण गर्दै माओवादीले सामन्ती दलालहरूका विरुद्ध ठूलाठूला कारबाहीहरू अगाडि बढाइरहेको थियो । गाउ“गाउ“मा म ा अ ा े व ा द ी क ा नेताकार्यकर्ता प्रत्येक जनताका घरदैलोमा पुगिरहेका थिए । यही क्रममा क. चञ्चला मगरको घरमा पनि माओवादी नेता र कार्यकर्ता पुगे । उहा“का बुबा र परिवारस“ग राम्रै छलफल र अन्तरक्रिया चल्न थाल्यो । क. चञ्चलाको परिवार कुनै राजनीतिक परिवार थिएन । आफ्नै जीवन र परिवारको जीवनस“ग सरोकार राखेर दैनिक खेतीकिसानीमा व्यस्त हुन्थ्यो । घरमा माओवादी आउनेजाने निरन्तर अन्तरक्रिया चल्ने भएपछि माओवादीले उठाएको वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक र जनताका जीवनव्यवहारसँग जोडिएको गाँस, बास, कपासका मुद्दाहरूले क. चञ्चलाको परिवारलाई पनि छोयो । त्यसपछि माओवादी विचारसँग सहमत भएर क. चञ्चलाको परिवारले माओवादीलाई सक्दो सहयोग गर्दै जानुभयो । सेल्टर दिने, खाना दिने, हुदा“हँुदै माओवादीका चिठीपत्रहरू पु¥याउने, ल्याउने एकदम विश्वासिलो पात्र बन्नुभयो क. चञ्चलाका बुबा वीरबहादुर आलेमगर । माओवादीसँग घरमा निरन्तर आवतजावत, बुबाको राजनीतिप्रतिको प्रेरणाले गर्दा चञ्चलाले सात कक्षा पढ्दै अ.ने.रा.स्व.वि.यु. (क्रा) को सदस्यता लिई सङ्गठनमा सङ्गठित हुनुभयो । क. चञ्चला मेहनत गरी पढ्नुका साथै राम्री नृत्याङ्गना पनि हुनुहुन्थ्यो । सङ्गठित भएपछि सङ्गठनको कामको सिलसिलामा कयौँ सातासम्म पनि बाहिर जाने गर्नुभयो । कहिलेकहीँ त घर फर्किंदा महिनौँ पनि बित्थ्यो । सङ्गठनको जिम्मा पूरा गरेर पनि आफ्नो पढाइ तयारी गरी राम्रै अङ्क ल्याएर पास गर्नुहुन्थ्यो ।
यही सिलसिलामा पढाइ स्थगित गरेर २०५७ सालमा पार्टीमा पूर्णकालीन सदस्य बन्नुभयो । पार्टीले दिएको जिम्मा पूरा गर्न नुवाकोटका ब स् त ी ब स् त ी म ा क. चञ्चला पुग्न थाल्नुभयो । विद्यार्थी सङ्गठनबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएकीे क. चञ्चलाले पछि सांस्कृतिक टोलीमा रहेर गीतसङ्गीतको माध्यमबाट पार्टीको विचार सम्प्रेषण गर्ने जिम्मेवारी पूरा गर्नुभयो । उहाँ नाच्न थालेपछि सारा जनता नतमस्तक भएर हेर्न थाल्थे । राम्रो नाच्ने नृत्याङ्गनाका रूपमा आफ्नो परिचय स्थापित गर्दै जानुभयो ।

२०५८ सालको शान्तिवार्ता कालमा माओवादीले गाउँगाउँमा जनसरकार घोषणा गर्न थालेपछि चञ्चला आलेमगर प्रत्येक कार्यक्रममा न ृ त् य ा ङ ् ग न ा क ा रूपमा आफ्नो कला प्रस्तुत गर्नुहुन्थ्यो । छोरीको नृत्य हेर्न क. चञ्चलाकी आमा कहिले चौघडा त कहिले सुनखानीका ब स् त ी स म् म पुग्नुहुन्थ्यो । “लालझुपडीकामान्छेहरू” भन्ने गीतमा छमछम नाच्दै आम दर्शक ब्युँताउ“दा आमाको मन पनि गर्वले ढक्क फुल्थ्यो । यसरी जनताका आ“खाकी नानी बन्न सफल क. चञ्चला आलेमगर दुस्मनका आ“खाको भने कसिङ्गर बन्दै जानुभयो । वर्गदुस्मनप्रति घृणाभाव राख्ने र नेपाली जनताप्रति सदैव समर्पित क. चञ्चला आन्दोलनमा क्रियाशील हुने क्रममा भद्रुटार गा.वि.स. मा जनताको घरमा सेल्टर लिई बसिरहेको अवस्थामा २०५९ साउन १९ गते शाहीसेनाले कब्जामा लिई निर्मम यातना दिएर हत्या गरे । क्रान्तिका बा“की कार्यभारहरू बा“चेकाहरूलाई जिम्मा दिँदै उहाँ हामीमाझबाट सदाका लागि बिदा हुनुभयो ।

आन्दोलनकै क्रममा चञ्चलाका का बुबा क. वीरहादुर आलेमगर २०५८ साल चैत २४ गते पार्टी कामको सिलसिलामा कुमरी पुग्नुभएको थियो । कुमरीमा उहा“ गिरफ्तार हुनुभयो । त्यसपछि दुस्मनले त्यहाँबाट बेतिनी जङ्गलमा ल्याएर चरम यातना दिई आफैँलाई खाल्डो खन्न लगाई त्यही खाल्डोभित्र जिउ“दै पु¥यो । यसरी उहाँ सहिद हुनुभयो । यसरी जनयुद्धलाई उहाँ र उनको परिवारले पु¥याएको योगदान सदा स्मरणयोग्य छ । आज माओवादी आन्दोलनबाट आफ्नो व्यक्तिगत स्वार्थ जीवन बनाएकाहरूले चञ्चला र उहाँका बुबा वीरबहादुरको रगतको कणकणलाई सम्झेर त्यो दलदलबाट निस्कने कोसिस गर्नैपर्छ । अनि मात्र क. चञ्चलाको विचार र उहाँले देखेका सपनाहरू पूरा गर्ने बाटोमा हामी दृढताका साथ अघि बढ्न सक्छौँ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :