एनसेलले ३८ अर्ब कर छल्दै / कर नतिरी भाग्दै

NCELLकाठमाडौं / असार २९ : एनसेलले सरकारलाई तिर्नुपर्ने ६१ अर्ब रुपैयाँ लाभकरमध्ये २३ अर्ब ५७ करोड रुपैयाँ तिरेर बाँकी नतिरेर भाग्न लागि रहेको स्रोतले बताएको छ । सरकारले एनसेलसँग असुल्नुपर्ने लाभकर ६१ अर्ब रुपैयाँ निर्धारण गरेको छ । त्यसमध्ये एनसेलले अहिलेसम्म दुई खेप गरी २३ अर्ब ५६ करोड ९५ लाख ७१ हजार ५ सय रुपैयाँ मात्र तिरेको देखिएको छ । बाँकी ३७ अर्ब ४३ करोड ४ लाख २८ हजार ५ सय रुपैयाँ तिर्न बाँकी छ । एनसेलले पहिलो पटकमा ९ अर्ब ९६ करोड ९५ लाख ७१ हजार ५ सय रुपैयाँ तिरेर टार्न खोजेको थियो । त्यसवेला एनसेलमाथि जनतासँग पैसा उठाएर राज्यलाई कर छलेको र जनतालाई मार पारेको भन्दै तत्कालीन नेकपा माओवादीको उसको देशभरका ४७ वटा मोवाइल टावरमाथि अघिल्लो वर्षको जेठको अन्तिम हप्तामा कारवाही गरेपछि केही हप्तापहिले मात्र दोस्रो पटक १३ अर्ब ६० करोड रुपैयाँ कर तिरेको थियो । तर बाँकी करिब ३८ अर्ब रुपैयाँ नतिरेर कर छली गर्ने कोशिसमा लागिरहेको छ । यसैबीच नेपाल कम्युनिस्ट पार्टी (तत्कालीन नेकपा माओवादी) ले बाँकी ३८ अर्ब रुपैयाँ तुरुन्त तिर्न माग गरेको छ । नतिरेर भाग्ने वा छल्ने कोशिस गरे कडा कारवाही गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :