बर्दीयामा माओवादी लहर

 

GEDSC DIGITAL CAMERA

नेकपा (माओवादी केन्द्र) जिल्ला नेता जयलाल थारु लगायत १५० जना र राप्रपा नेपालको जिल्ला नेता तथा ३ नं. क्षेत्रीय इञ्चार्ज जीवन शाहसहित १०० जना नेता–कार्यकर्ता आ–आफ्ना पार्टी परित्याग गरी नेकपा (माओवादी) मा प्रवेश गरेका छन् ।

नबई नपास्थित भुरी गाउँ बजारमा खुलसभामा उनीहरुले सो घोषणा गरेका हुन् । नेकपा (माओवादी) बर्दीया सेक्रेटरी देवकला अधिकारीको अध्यक्ष, उद्घोषण क. शक्ति, स्वागत मन्तव्य क. चर्चित र प्रमुख अतिथी केन्द्रीय सदस्य रहेको सो सभामा दलित आन्दोलनका नेता कैलाश गन्धर्व, जिल्ला जनपरिषद् अध्यक्ष तिमोती थारु, महिला नेत्रृ अमृता खड्का, युवा नेता नविन राणा, जनसरकार प्रमुख जयबहादुर ठाहा, जनप्रतिनिधी सभाका सदस्य डिलबहादुर कसेरा, अखिल (क्रान्तिकारी) का नेता चक्र मल्ललगायतका अतिथिहरुले मन्तव्य प्रस्तुत गरेका थिए ।GEDSC DIGITAL CAMERA

एकीकरण तथा धु्रविकरणमा सहभागी क्रान्तिकारीहरुलाई अतिथिहरुले टिका र पुष्पगुच्छाले स्वागत गरेका थिए । धु्रविकरणमा सहभागिहरुका तर्फबाट नेताहरु जयलाल थारु, जीवन शाह लगायतले राखेका थिए । यो घटनाले मूलतः नेकपा (माओवादी केन्द्र) लाई ठूलो झट्का लागेको प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :