चिनियाँ सेना अफ्रिकातिर

china shipबिबिसी / जानझियाङ / असार २९  :  अफ्रिकी देशहरुमा बढ्दो चिनियाँ लगानी सुरक्षित गर्ने उद्देश्यसहित चिनियाँ सेनाको पहिलो खेप बुधबार अफ्रिकाको जिबोटीतिर हानिएकोे छ । जिबोटीको सैनिक शिविरमा बस्ने चिनियाँ सेनाले सैनिक प्रशिक्षण दिने, दैवी प्रकोपमा उद्वार गर्ने, जलसैनिक अभ्यास गर्ने र स्थानीय सेनालाई आधुनिकरण गर्नेछ । बन्दोबस्तीका सामान र हतियारसहित चीनको जानझियाङ बन्दरगाहबाट ठूलो जलबाहन अफ्रिकातर्फ बढेको बिबिसी चिनियाँ सेवाले बुधबार बताएको हो । गत वर्ष जिबोटीतिर चीनका बीचममा सैन्य शिविर सम्बन्धी सहमती भएको थियो । आर्थिक लगानीसँगै अब अफ्रिकामा चिनियाँ सेनाको पनि बलियो उपस्थिति हुने भएको छ । जिबोटीमा अमेरिका, जापान र फ्रान्सका पनि सैनिक शिविर छन् । जिबोटी अफ्रिकाको साधन–स्रोत सम्पन्न सानो मुलुक हो । चीनले अफ्रिकामा सडक, उर्जा र मानवीय क्षेत्रमा ठूलो लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :