भान्छामा प्लास्टिक चामल

0काठमाडौं / असार २९ : भारतमा चामलमा प्लास्टिकको नक्कली चामल मिसाएर विक्री भैरहेको चर्चा भैरहेको बेला नेपाली बजारमा पनि प्लास्टिकको चामल जस्तै देखिने र सहजै छुट्याउन नसकिने प्रदार्थ मिसाएर विक्री भैरहेको रहस्य खुलेको छ । प्रहरीले बुधाबार सितापाइलाबाट ब्यापारी टंकप्रसाद शेरचनलाई पक्राउ गरेपछि सो रहस्य खुलेको हो । बुधबार गोप्य सुचनाको आधारमा ब्रदर्श प्राइभेट लिमिटेड नामक चामल गोदाममा छापा मारेपछि सो रहस्य खुलेको हो । बुधबार प्रहरी प्रधान कार्यालयमा आपूर्ति भएको चामल भुइमा झर्दा अस्वाभाविक रुपमा उफ्रिएपछि अनुसन्धानमा प्लास्टिकको नक्कली चामल मिसावट भएको पत्ता लागेको हो । प्लास्टिकको भात पेटमा (आमासयमा) पुगेपछि तातोले पग्लने र त्यसले मानव स्वास्थ्यमा कल्पनै गर्न नसकिने दुस्प्रभाव पर्नेछ । तसर्थ भात पकाउँदा नै चामलमा मिसावट भएनभएको हेर्न चिकित्सकहरुले सुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :