जग्गा दलालीपछि सञ्चार व्यापारमा सेना

Nepal armyकाठमाडौं / असार २९ : मन, वचन, कर्म सम्पूर्णरुपले मुलतः देशको बाह्य, सुरक्षामा केन्द्रित हुनुपर्ने सेनाले पछिल्लो समयमा पेट्रोल पम्प, जग्गा दलाली, नीजि विद्यालय, विधुततलगायतका अत्यन्त नाफा हुने जोखिमरहित क्षेत्रमा लगानी गरेको छ । सेनाले विकास आयोजनामा रुची बढाएको र त्यो रुची कमिशन केन्द्रित भएको बुझ्न सकिन्छ । पछिल्लो समय नेपाली सेनाले एफ.एम. रेडियो सञ्चालन गर्ने भएपछि सेनाप्रतिको विश्वास झनै घटेको छ । यसले सञ्चार जगतको प्रतिष्ठा र विश्वास पनि घटाउनेछ । सञ्चारप्रति अविश्वास भएर , विस्तारै समानान्तर सत्ता चलाउने इच्छा भएर वा नाफाको उद्देश्य के कारण सेनाले सञ्चार गृह चलाउने हो ? प्रश्न अनुत्तरित छ । सञ्चार मन्त्रालयबाट स्वीकृति लिएर नेपाली सेनाले दिपायलस्थित प्रतनाबाट परीक्षण प्रशारण थालेको छ । यसले भइरहेका सञ्चारगृह र नागरिक सर्वोच्चमाथी सेनाको अप्रत्यक्ष नियन्त्रणका रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :