बाढीले जनजीवन अस्तव्यस्त

Baglung-Badi3अम्बिका चन्द / काठमाडौं, असार २८ : एक सातादेखि परेको अविरल वर्षाले गर्दा मध्यपश्चिमको जनजीवन नराम्ररी प्रभावित बनेको छ । वर्षाले गर्दा एक साताभित्र त्यस क्षेत्रमा ठाउँ–ठाउँमा बाढी पहिरो गएको छ । अविरल वर्षापछि दाङको ग्वारखोलाले ३ वटा गाडी बगाएको छ । दाङका विभिन्न खोलाहरुमा पक्की पुल नहुँदा बाढी आएको समयमा खोला किनारमा घण्टौंसम्म सवारी साधनहरु लाम लाग्ने गरेका छन् । यस्तै रुकुमका रुँघा, खारा, मुरु, पेउघालगायतका ठाउँहरुमा निरन्तर वर्षा हुदाँ पहिरोले मानिसहरु त्रसित बनेका छन् । पुल बनाउनको लागि बिगारिएका बाटाहरु पनि लामो समयसम्म निर्माण कार्य सम्पन्न नहँुदा निर्माण सामग्रीहरु अलपत्र अवस्थामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :