दक्षिण एसियाको निम्ति चीनको कूटनीतिक प्रस्ताव

China-Map-Flagलीन मिनवाङ
सेप्टेम्बरमा शाङ्घाई सहयोग सङ्घको राज्य प्रमुख परिषद्को बैठक र ताजिकिस्तानको राजकीय भ्रमणपछि चिनियाँ राष्ट्रपति सि जिङपिङले तीन दक्षिण एसियाली राष्ट्र माल्दिभ्स, श्रीलंका र भारतको भ्रमण गर्नुभएको थियो । राष्ट्रपति भइसकपछि सिको यस क्षेत्रमा पहिलो विदेश भ्रमण थियो । दक्षिण एसियामा चीनको नयाँ कूटनीतिक रूपरेखा तयार गर्नमा यस भ्रमणले महत्वपूर्ण प्रगति ग¥यो, जसले विश्व भू–राजनीतिलाई पुनः परिभाषित गर्दै चीनको छिमेकी कूटनीतिलाई विस्तार ग¥यो ।
व्यवहारिक सहयोग
माल्दिभ्स र चीनबीचको कूटनैतिक सम्बन्ध स्थापित भएदेखि ४२ वर्षमा चीनका राष्ट्रपतिको यस्तो खालको भ्रमण पहिलो थियो । भ्रमणले दुई पक्षीय सम्बन्ध प्रवद्र्धन गर्न र चनि तथा दक्षिण एसियाली राष्ट्रबीचको व्यवहारिक सहकार्यले ठूलो महत्व राख्छ । भ्रमणमा माल्दिभ्सको स्वतन्त्रता, सार्वभौमिकता र एकीकृत भू–भागप्रति चीनले आफ्नो सम्मान पुनः जाहेर ग¥यो र माल्दिभ्सका जनताले रोजेको आफ्नो देशको माटो सुहाउँदो राजनीतिक प्रणाली र विकासको पथलाई चीन उच्च सम्मान गर्दछ । चीन माल्दिभ्सको आर्थिक विकासमा सहयोग र समर्थन जारी राख्नेछ र चिनियाँ लगानीकर्तालाई माल्दिभ्समा लगानी गर्न उत्साहित गर्नेछ । माले–हुलहुले द्वीपबीचको सामुद्रिक पुल र युवा सहरजस्ता परियोजना निर्माणमा पनि चीनले सहयोग गर्दैछ । त्यसैगरी राष्ट्रिय सुरक्षा, पर्यटन, विज्ञान, संस्कृति, शिक्षा, मानव संसाधन तालिम, स्वास्थ्यउपचार र अरू क्षेत्रमा पनि सहयोगलाई अझ बढाउँदै लानेछ भने जलवायु परिवर्तनजस्ता विश्वव्यापी मुद्दामा पनि दुई देशबीचको सहकार्यलाई बलियो बनाउनेछ ।
स्वतन्त्रता, श्रीलंका भ्रमणको क्रममा सार्वभौमिकता र एकीकृत भू–भागलाई जोगाउन श्रीलंकाको प्रयाुसलाई चीनले द¥हो समर्थन जाहेर गरेको छ र श्रीलंकाका जनताले छानेको आफ्नो देशको माटो सुहाउँदो राजनीतिक प्रणाली र विकासको पथलाई चीन उच्च सम्मान गर्छ । राष्ट्रको स्वतन्त्रता र राजनीतिक र सामाजिक स्थिरतालाई उल्लङ्घन गर्ने कुनै पनि मुलुकको व्यवहारको विरुद्धमा रहने चीनले प्रस्ट पारेको छ । बन्दरगाहको विकार सामुद्रिक सुरक्षाजस्ता परियोजना सामुद्रिक अर्थतन्त्रमा सहयोग बढाउँदै लाने दुवै पक्षले वाचा गरेका छन् भने बन्दरगाह निर्माण, ऊर्जा र सांस्कृतिक पक्षहरू प्रमुख सहयोगी परियोजना हुने । दुवै मुलुक चीन–श्रीलंका दुई पक्षीय स्वतन्त्र व्यापार सम्झौतालाई अगाडि बढाउनेछन् र श्रीलंकामा पूर्वाधार परियोजना र विशेष आर्थिक क्षेत्र निर्माणमा सक्रिय सहभागिता जनाउन चिनियाँ उद्यमीलाई चीन सरकार उत्साहित गर्नेछ । पर्यटन, संस्कृति, शिक्षा र धर्मजस्ता क्षेत्रमा पनि एकआपसमा सहयोग विस्तार र चिनियाँ भाषा सिकाइलाई श्रीलंकामा प्रबद्र्धन गर्दै लाने दुवै पक्षले अठोट गरेका छन् ।

xi-jin-ping

राष्ट्रपति सिको भारत भ्रमणले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग व्यक्तिगत सम्मबन्धलाई नयाँ उचाईमा पु¥याएको छ । गुजरात र महाराष्ट्रमा दुईवटा औद्योगिक क्षेत्र निर्माण गर्ने र आगामी ५ वर्षमा २० अरब डलर लगानी गर्ने घोषणा गरेको छ । रेलमार्ग निर्माण गर्न पनि दुवै पक्षले ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन् र परमाणु ऊर्जा सहयोग सम्बन्धमा पनि छलफल भएको थियो । भारतले चीनबाट तीव्र गतिमा रेल प्रविधि आयात गर्ने अठोट गरेको थियो भने चनिले भारतमा धार्मिक यात्रा गर्ने नाथुला पासलाई सजिलै अनुमति दिने वाचा गरेको थियो । यसैबीच सीमा विवादलाई जतिसक्दो चाँडै टुङ्ग्याउने, दुवैको हितमा हुने सर्वस्वीकार्य एजेण्डा खोज्नेजस्ता संवेदनशील सीमा मुद्दाबारेमा दुवै पक्षबीच विचार आदानप्रदान भएको थियो ।
एक क्षेत्र एक मार्ग
राष्ट्रपति सिको दक्षिण एसिया भ्रमणले रेशम मार्ग आर्थिक क्षेत्र र २१ औँ शताब्दिको सामुद्रिक रेशम मार्गको निर्माणमा महत्वपूर्ण भूमिका खेल्यो । चिनियाँ कम्युनिस्ट पार्टीको १८ औँ राष्ट्रिय भेलादेखि नेतृत्वले कूटनैतिक मुद्दामा सकारात्मक अडान लिएको छ र छिमेकी कूटनीतिलाई अझ बढी महत्व दियो । । गएको वर्ष राष्ट्रपति सिद्वारा प्रस्तुत ‘एक क्षेत्र, एक मार्ग’ छिमेकी मुलुकप्रति चीनको रणनीतिको लागि मार्गनिर्देशन भएको छ । यतिबेला ‘एक क्षेत्र, एक मार्ग’ छुट्टिनै नसकिने अंगको रूपमा दक्षिण एसियाको रणनीतिक अवस्था अझ माथि पुगेको र सर्वस्वीकार्य भएको छ । चीनका प्रधानमन्त्री लि खछ्याङको पहिलो भारत भ्रमणको समयमा पेश गरेको ‘बंगलादेश—चीन–भारत–म्यामार ‘आर्थिक करिडोर’ र पाकिस्तान–चीन ‘आर्थिक करिडोर’ यो अवधारणाको महत्वपूर्ण भाग हो ।

मध्यपूर्व र दक्षिण एसियाबीच अवस्थित प्राचीन सामुद्रिक रेशम मार्गको महत्वपूर्ण क्षेत्रको रूपमा रहेको माल्दिभ्स र श्रीलंका आफ्नो महत्वपूर्ण भौगोलिक अवस्थितिको कारण अहिले पनि सामुद्रिक व्यापार मार्गको महत्वपूर्ण बिन्दु रहिरहनेछ । २१औँ शताब्दी सामुद्रिक रेशम मार्गको विकास तिनीहरूको दृष्टिकोण प्रत्येक्ष महत्वको छ । चिनियाँ राष्ट्रपति सिले प्रस्तुत गरेको अवधारणालाई माल्दिभ्स राष्ट्रपति अब्दुल्लाह यामिन दूरदृष्टिपूर्ण भएका विश्वास गर्दछन् । माल्दिभ्सले यो परियोजनालाई समर्थन गर्छ र यस्तो अवसरलाई प्राप्त गर्न उत्साहित र आवश्यक सहयोग सक्रिय हुनेछ । संयुक्त विज्ञप्तिमा चीनले व्यक्त गरेको छ, २१औँ शताब्दी सामुद्रिक रेशम मार्गको निर्माणमा भाग लिन माल्दिभ्सलाई स्वागत गर्छ र दुई पक्षीय परम्परागत मित्रतालाई बलियो बनाउन र साझा विकासलाई प्राप्त गर्न सहयोग अझ गहिरो बनाउन चीनको गहिरो इच्छा रहेको यसले संकेत गर्छ ।

‘हिन्द महासागर’ को मोतीको रूपमा चिनिएको श्रीलंका चीनको महत्वपूर्ण साझेदार भएको छ । २१औँ शताब्दीको सामुद्रिक रेशममार्ग निर्माण गर्न चीन र श्रीलंकाको संयुक्त प्रयासले दुवै पक्षको विकासका लागि ठूलो अवसर प्रदान गरेको छ । यसैबीच दक्षिण एसिया, अफ्रिका र युरोपसँगको आर्थिक सम्बन्धलाई सुदृढ बनाउन चीनको लागि श्रीलंकाको सहयोगको ठूलो भूमिका छ ।

‘एक क्षेत्र, एक मार्ग’ सम्बन्धमा केही असहमति राख्दै भारत परियोजनासँगै आर्थिक विकासको रणनीतिलाई जोड्ने सिद्धान्तसँग सहमत भएको छ । जसको अर्थ हो चीनको सकारात्मक पक्ष र भारतको विकास झन् एकीकृत हुनेछ । यति नै बेला भारतले बंगलादेश–चीन’–भारत, म्यानमार, निर्माणमा गर्न आर्थिक करीडोरको निर्माणमा सहयोग गर्ने वाचा गरेको छ ।
सहयोगको रूपरेखा
सिको भ्रमणमा माल्दिभ्स र श्रीलंकासँग दुईपक्षीय सम्बन्धमा चीनले उच्चस्तरको योजना र रणनीति विकास गरेको छ र भारतसँग दुईपक्षीय सम्बन्धको विकासको लागि रणनीतिक मार्गदर्शन प्रदान गरेको छ । राष्ट्रपति यामिनका अनुसार माल्दिभ्स सानो मुलुक भए पनि चीनले सम्मान र महत्व दिन्छ । माल्दिभ्स–चीन सम्बन्ध सानो र ठूलो मुलुकबीच परस्पर सम्मान र दुईपक्षीय सहयोगको लागि नमूना हो । सिको भ्रमणमा दुई शिखर नेता दुई देशबीच भविष्यमुखी, मित्रता र सहकारी साझेदारीलाई स्थापित गर्न सहमत भएका छन् ।
चीन–श्रीलंका सम्बन्ध सन् २०१३ मा जस्तै इमानदारी, परस्पर सहयोग र सधैँको मित्रता दुवै मुलुकको कुटनीतिका लागि अलग हुन नसकिने भएको छ । यो वर्ष सिको श्रीलंका भ्रमण दुवै पक्षले रणनीतिक सहकारी साझेदारीलाई गहिराइसम्म पु¥याउने कार्ययोजनामा हस्ताक्षर गरेका छन् जसले रणनीतिक सहकारी साझेदारीलाई दिशानिर्देश गर्नुका साथै आधार पनि तयार गरेको छ ।

शान्ति र समृद्धिको लागि रणनीतिक साझेदारीलाई बलियो बनाउनुको साथै चीन र भारतले महसुस गरेको छ– दुई देशको प्रगतिले अगाडि बढ्न सहयोग गर्नेछ, निकट विकास साझेदारी निर्माण गर्ने अठोट गरेको छ, जुन रणनीतिक र सहयोगी अभियानको प्रमुख अंग हुनेछ ।
दक्षिण एसियाको आर्थिक विकासमा गम्भीरतापूर्वक संलग्न हुने चीनको इच्छालाई यस क्षेत्रमा रहेका देशले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । शाङ्घाई सहयोग संगठनमा आवद्ध हुन चाहने राष्ट्रको इच्छालाई चीन त्यसरी नै समर्थन गर्छ । यस सन्दर्भमा पारस्परिक विकास परिपूरक छ । दक्षिण एसिया क्षेत्रीय सहयोग संगठनको विकासमा चीनको योगदानलाई माल्दिभ्सले स्वागत गर्दै सार्कसितको सम्बन्धलाई अझ बलियो बनाउन चीनको प्रयासलाई समर्थन गर्न अपील गरेको छ । पर्यवेक्षकको रूपमा चीनले सार्कलाई अझ बढी योगदान गरोस् भन्ने श्रीलंकाले चाहेको छ । एसिया क्षेत्रीय सहयोग संगठनको घेराभित्र रहेर चीनसँगको सहकार्यलाई विस्तार गर्न भारत सहमत भएको छ । स्थापनाकालीन सदस्यको रूपमा श्रीलंका एसिया पूर्वाधार लगानी बैंकमा आवद्ध भएकोमा चीन स्वागत गर्छ । शाङ्घाई सहयोग संगठन र श्रीलंकाबीचको सहयोगलाई प्रवद्र्धन गर्न इच्छा व्यक्त गरेको छ र शाङ्घाई सहयोग संगठनको पर्यवेक्षकको निम्ति श्रीलंकाको निवेदनलाई चीनले महत्वका साथ समर्थन गर्छ ।
क्षेत्रीय साझा विकासतिर बढिरहको अवस्थामा एसियामा क्षेत्रीय शान्ति र स्थायित्वलाई नै प्रमुख प्राथमिकतामा राख्न चीन र भारत सहमतिमा पुगेका छन् । अन्तर्राष्ट्रिय कानुनको आधारभूत सिद्धान्तमा रहेर खुला, पारदर्शी, समानता र समावेशी सुरक्षा र सहयोग प्रणाली बनाउन दुई देश मिलेर अघि बढेका छन् । एसियामा क्षेत्रीय बहुपक्षीय सहयोगको संयन्त्रलाई दुवै राष्ट्रले समर्थन गरेका छन् ।

विश्वव्यापी मुद्दाको सन्दर्भमा चीन जलवायु परिवर्तनसहित अरू क्षेत्रमा माल्दिभ्ससँगको समन्वय अझ बढाउने तयारीमा छ । यसको अतिरिक्त श्रीलंकासँग संयुक्त राष्ट्र सङ्घसहितको बहुपक्षीय संयन्त्रभित्र रहेर सञ्चार र सहयोगलाई बढाउने अठोट गर्छ र मानवअधिकार, जलवायु परिवर्तन, आतंकवाद र विकासोन्मुख राष्ट्रको साझा हितलाई रक्षा गर्न अन्तरदेशीय अपराध नियन्त्रणजस्ता क्षेत्रमा सहयोग बढाउनेछ । चीन–भारत सहयोग क्षेत्रीय र विश्वव्यापी रूपमै अझ बढी अर्थपूर्ण भएको छ । दक्षिण एसियामा भारत ठूलो राष्ट्र हो भने चीन भारतको ठूलो छिमेकी राष्ट्र हो । दुवैको संयुक्त प्रयासले क्षेत्रीय शान्ति, स्थायित्व र समृद्धि हासिल गर्न सक्छ । चीन र भारत ठूला विकासोन्मुख राष्ट्र भएको हुँदा उस्तै प्रकृतिका चुनौती सामना गरिरहेका छन् । तिनीहरूसँग साझा हितका धेरै सवालहरू छन् । न्यायिक र समानता, अन्तर्राष्ट्रिय राजनीति र आर्थिक हित र विकासोन्मुख राष्ट्रको साझा हितलाई रक्षा गर्नमा चीन र भारतको काँधमा ठूलो दायित्व रहेको छ । जसको लागि विश्व मामिलामा बलियो रणनीतिक सहयोगको आवश्यकता छ । भारत भ्रमणमा चिनियाँ राष्ट्रपति सिले भनेका थिए ‘यदि हामीले हातेमालो गर्ने हो भने सारा संसारको ध्यान हामीतिर हुनेछ ।’

चीनको निम्ति सौविध्य छिमेकी वातावरण निर्माणको लागि केही वर्ष अगाडि सि जिङपिङ मध्य एसिया, दक्षिण पूर्वी एसिया, उत्तरपूर्वी एसिया र दक्षिण एसियाका १३ राष्ट्रको भ्रमण गरेका थिए । शान्ति, स्थायित्व र समृद्धि अभिवृद्धिको उद्देश्यले गरिएको दक्षिण एसियाको भ्रमणले चीन र छिमेकी मुलुकबीच दुई पक्षीय सम्बन्धमा प्रगति भएको छ भने ‘एक क्षेत्र, एक मार्ग’ को अवधारणामा पनि प्रगति भएको छ । यद्यपि यस क्षेत्रमा धार्मिक र जातीय द्वन्द्व, दक्षिण एसियामा भारतीय थिचोमिचो आकाङ्क्षा र मध्य एसियाको भद्रगोलले क्षेत्रीय विकासलाई अनिश्चित बनाएको छ । दक्षिण एसिया रणनीतिलाई पूर्णता दिन चीनले लामो यात्रा तय गर्न बाँकी नै छ ।

China’s New Diplomatic Blue Print

For South Asia

CHINA TODAY

Vol.63, No.11 Nov 2014

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :