दलित मुक्ति मोर्चाका महासचिव विकलाई रिहा नगरिए सङ्घर्ष गर्ने चेतावनी

काठमाडौँ : दलित मुक्ति मोर्चा नेपालले मोर्चाका महासचिव रामबहादुर विश्वकर्मालाई सरकारले बिनाकारण गिरफ्तार गरेको भन्दै बिनासर्त रिहाइको माग गरेको छ । मोर्चाका केन्द्रीय अध्यक्ष डम्बरबहादुर विश्वकर्माले प्रेस विज्ञप्ति जारी गर्दै महासचिव विकलाई बिनासर्त तत्काल रिहा नगरिए सङ्घर्षमा उत्रिने र त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने जनाएका छन् ।

विज्ञप्तिमा उनले दलित समुदायमाथिको विभेद, जनजीविका, पश्चिम रुकुम चौरजहारी हत्याकाण्डका साथै देशैभरि दलित समुदायमाथि भएका विविधखाले समस्या र सामाजिक विभेदका विषयमा लडिरहेको मोर्चाका नेतालाई दलाल पुँजीवादी सत्ताको उन्माद बोकेको केपी वली सरकारको निर्देशनमा गिरफ्तार गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

बुधबार जारी गरिएको मोर्चाको विज्ञप्तिमा दलित समुदायमाथि दमन जारी राखेमा दलित मुक्ति मोर्चा नेपाल गिरफ्तारी, धरपकड, जनजीविका, सामाजिक विभेद र छुवाछूतका विरुद्ध योजनाबद्ध कडा सङ्घर्षमा उत्रन बाध्य हुने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :