जोखिममा परेका बस्ती सार : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति दार्चुलाले बाढीपहिरोको जोखिममा परेका बस्तीहरूको अध्ययन गरी उपयुक्त स्थानमा बस्ती बसाउन माग गरेको छ ।

नेकपाका दार्चुलाका इन्चार्ज आकाश र सेक्रेटरी लक्ष्मण शाहीले बुुधबार प्रेस विज्ञप्ति जारी गर्दै बाढीपहिरोका कारण ज्यान गुमाउनेका परिवार र धनमाल क्षति भएका जनतालाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन् । त्यस्तै प्राकृतिक प्रकोपबाट मृत्यु हुनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

अहिलेसम्म दार्चुलामा बाढीपहिरोमा परी लेकम गाउँपालिका, नैगाड गाउँपालिका, दुहु गाउँपालिकालगायत विभिन्न ठाउँका अर्जुन दमाई, मिलन दमाई, रामदत्त जोशी र इन्द्रा जोशीको ज्यान गएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :