देशभर बाढीपहिरोको वितण्डा, कालीकोटमा एकै परिवारका चारजनाको ज्यान गयो

कालीकोट : अबिरल बर्षापछि आएको पहिरोले गएराति कालिकोटको नरहरिनाथ–७ माल्कोट बागामा एकै परिवारका ४ जनाको ज्यान गएको छ भने दुई बालक बेपत्ता भएका छन् । पहिरोले घर पुरिँदा बेपत्ता भएका ६ जनामध्ये ४ जनाको शव भेटिएको छ ।

पहिरोमा पुरिएका माल्कोट बागाका ६२ वर्षीय गंगे बुढा, उनकी ६१ वर्षीया पत्नी नैना, बुहारी २४ वर्षीया कुशा बुढा, नातिनी १० वर्षीया चन्द्रिका बुढाको शव निकालिएको समाचार प्राप्त भएको छ । ७ वर्षीय बालक रामबहादुर बुढा र डेढ वर्षका चरित्र बुढा भने अझै बेपत्ता छन् । १२ वर्षीया बिमला बुढालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ ।

त्यस्तै, नरहरिनाथ गाउँपालिका वडा नम्बर ४ माँझगोठीमा पहिरोमा परेर दुई जना बेपत्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :