बज्रलाई रिहा गर्न नेकपा ललितपुरको माग

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी ललितपुरले आफ्नो पार्टीका जिल्ला सदस्य बज्रलाई प्रहरीले बिनाकारण गिरफ्तार गरेको भन्दै बिनासर्त अविलम्ब रिहाइको माग गरेको छ । नेकपाका ललितपुर सेक्रेटरी विदुषीले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले बिनाकारण राजनीतिक आस्थाका आधारमा आफ्नो पार्टीका नेता–कार्यकर्ताहरूलाई गिरफ्तार गरेको भन्दै बिनासर्त रिहाइको माग गरेका हुन् ।

नेपाली जनताको आशा र भरोसाको केन्द्र बनिरहेको आफ्नो पार्टीका नेता–कार्यकर्तालाई गिरफ्तार गरेर सरकारले जबर्जस्ती युद्धको घोषणा गरिरहेको भन्दै विदुषीले विज्ञप्तिमा आफ्नो पार्टीका नेता–कार्यक्रर्ताहरूलाई गैरन्यायिक गिरफ्तारी गरेर झूट्टा मुद्दामा फसाउन खोजिरहेको उल्लेख गरेका छन् । विश्व कोभिड १९ को महामारीले आक्रान्त भइरहेको बेला सामान्य मानवीय मूल्य–मान्यतालाई समेत बिर्सेर दलालहरू सत्ताकोे खेलमा रमाइरहेको र जनताहरू रोग, भोक र पीडाले छट्पटाइरहेको विज्ञप्तिमा उल्लेख छ ।

गिरफ्तार गरिएका बज्रलाई अविलम्ब ससम्मान रिहा नगरिए क्रान्तिकारीहरू स्पार्टाकसले झैँ जीवनमरणको सङ्र्षमा उत्रिने चेतावनी आइतबार जारी विज्ञप्तिमा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :