कोरानाको निशानामा पर्दै प्रहरी र चिकित्सक

काठमाडौँ : नेपालमा पछिल्लो समय कोरोना भाइरसको निशानामा स्वास्थ्यकर्मी र प्रहरी परेको पाइएको छ ।

सामाजिक सम्पर्कमा सबैभन्दा धेरै रहने प्रहरीहरूमा कोरोनाको सङ्क्रमण बढी देखिन थालेको हो । यस्तै अग्रस्थानमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरूमा पनि कोरोनाको जोखिम बढेको देखिएको छ । केही दिनअघि पनि स्याङ्जा प्रहरीमा कोरोना पुष्टि भएकोे थियो । दाङ, सुर्खेत, वीरगन्जलगायत विभिन्न ठाउँमा यसअघि नै स्वास्थ्यकर्मीहरूमा कोरोना देखापरिसकेको छ ।

सोमबार मात्र पर्सामा २ चिकित्सकसहित १५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमित चिकित्सकसहित अधिकांश वीरगन्जका छन् । वीरगन्जमा समुदायमा कोरोना सङ्क्रमण फैलिएको ठहर गरी त्यहाँ आइतबार बिहानबाट अनिश्चितकालीन कफ्र्यु लगाइएको थियो ।

यस्तै केन्द्र सरकारले समुदायमा कोरोना नफैलिएको बताए पनि स्थानीय प्रशासनले विराटनगरमा पनि समुदायमा कोरोना सङ्क्रमण फैलिएको बताइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :