निर्दयी बनमन्त्री बस्नेतको चौतर्फी आलोचना

काठमाडौँ : साउन ४ गते चितवनको कुसुमखोलामा ३१ वर्षदेखि बसोबास गर्दै आएका चेपाङहरूलाई निकुञ्ज प्रशासनले उठीबास बनायो । निकुञ्जले हाती लगाएर चेपाङका घरहरू भत्काएपछि बर्खे झरीमा चेपाङहरू खुला आकाशमा बस्न बाध्य भए ।

तर कथित कम्युनिस्ट सरकारका बन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले चितवनको कुसुमखोलास्थित चेपाङ बस्तीमा गोठ र गुन्द्री मात्र जलेको बताएपछि उनको चौतर्फी आलोचना भएको छ ।

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको आइतबारको बैठकमा उपस्थित मन्त्री बस्नेतले चेपाङ बस्तीमा आगो लगाइएको र सेनाद्वारा कुटपिट भई मृत्यु भएको सम्बन्धमा समाचारमा आएजस्तो सत्य नभएको र गोठ मात्रै जलेको दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :