बन्द सफल बनाएकोमा नेकपाद्वारा बधाई

prakanda 1अम्बिका चन्द / काठमाडौं, असार २७ : नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले आफ्ना नेता–कार्यकर्ताहरुलाई पक्राउको विरोधमा गरिएको बन्द सफल बनाउन सहयोग गर्नेे आम जनसमुदायहरुलाई धन्यवाद दिनु भएको छ । साथै उहाँले बन्दको बेला कार्यक्षेत्रमा खटेर गिरफ्तारीसमेत दिने आफ्नो पार्टीका नेता–कार्यकर्ताहरुलाई पनि धन्यवाद दिनु भएको छ । विनाकारण आफ्ना कार्यकर्ताहरुलाई पक्राउ गर्ने बन्दी बनाउने र झुट्टा मुद्दा लगाउने सरकारी रवैयाप्रति घोर भत्र्सना गर्दै यस्ता हर्कत बन्द गर्न चेतावनी पनि दिनुभएको छ । प्रवक्ता प्रकाण्डले पक्राउ गरिएका नेता– कार्यकर्ताहरुलाई तत्काल रिहा नगरे कडा संघर्षका कार्यक्रम सावर्जनीक गर्न बाध्य हुने पनि घोषणा गर्नुभएको छ । विज्ञप्तिको पुर्णपाठ–

पार्टीले आज आयोजना गरेको नेपाल बन्द मुद्दाको राष्ट्रियकरण र कार्यक्रमको कार्यन्वयनको दृष्टिले सफल रहेको छ । उक्त सफलताको निम्ति संघर्ष र योगदान गर्ने सिङ्गो पार्टी पंक्ति एवं आम नेपाली जनतामा पार्टी आभार सहित हार्दिक धन्यवाद व्यक्त गर्दछ ।
देउवा सरकारले पूर्व गिरफ्तार केन्द्रीय सदस्य क.सुमन, झापाका सेक्रेटरी क.तारा थापा लगायत एक दर्जन नेता कार्यकर्तालाई रिहा गर्नुको सट्टा आज बन्दको क्रममा पार्टी एद्यः क.अनिल विरही, केन्द्रीय सदस्य क.मकर गुरुङ, विद्यार्थी नेता पूर्ण बहादुर सिंहलगायत देशै भरीबाट दर्जनौं कार्यकर्ताहरु गिरफ्तार गरिएको छ । उक्त गिरफ्तारी देउवा सरकारको जनार्दन गृह प्रशासनको निरंकुशताको पराकाष्ठ भएको कुरा नेपाली जनता सामु उदाङ्गिएकोे छ । सरकारको गैर कानुनी एवं अ–प्रजातान्त्रीक धरपकड र गिरफ्तारीको पार्टी घोर निन्दा एवं भ्रत्सना गर्दछ । गिरफ्तार गरिएका पार्टी नेता र कार्यकर्ताहरुको विना सर्त तुरुन्त रिहाको जोडदार माग गर्दछ । रिहा गरिएन र थप षड्यन्त्र गर्न सरकार उद्धत भयो भने संघर्षको कडा कार्यक्रम घोषणा गर्न पार्टी वाध्य हुने छ । त्यसको सम्पूर्ण जिम्मेवारी देउवा सरकारको जनार्दन गृह प्रशासनले लिनु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :