आजबाट मनसुन सक्रिय, केही दिन झरी पर्ने मौसम पूर्वानुमान

काठमाडौँ : केही साताअघिबाट सक्रिय भएको मनसुन केही दिनदेखि कम भए पनि सोमबारबाट पुनः सक्रिय भएको छ । मनसुनी रेखा नेपालको दक्षिणी भूभागनजिक रहेकाले मनसुन सक्रिय भएसँगै केही दिनसम्म झरी पर्ने पूर्वानुमान गरिएको छ ।

नेपालका मेची, कोसी, बागमती, गण्डकी, धौलागिरि, कर्णाली र सुदूरपश्चिम क्षेत्रका हेही स्थानमा भीषण वर्षा हुने पूर्वानुमान छ ।

सोमबार र मङ्गलबारको तुलनामा बुधबार भीषण वर्षा हुने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ । विभागका अनुसार सोमबारबाट सुरु भएको मनसुन शुक्रबारसम्म सक्रिय हुनेछ । यस वर्ष मनसुन सुरु भएपछि देशैभर भएको अविरल वर्षाले ठूलो धनजनको क्षति गरिसकेको छ । देशैभर बाढीपहिरोबाट ढेढ सयहाराहारीको ज्यान गइसकेको छ भने कयौँ अझै बेपत्ता छन् । फेरि मनसुन सक्रिय भएकाले बाढी, पहिरो र डुबानको खतरा झनै बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :